हातपाऊ बसेका बुढापाखा अन्त गए, युवाहरु एमालेमा आए : ओली
‘गाउँखाने कथा जस्तो काम गर्न नसक्ने र हात पाऊ बसेका बुढापाखा अलग भएपनि युवा पुस्ता भित्रिरहेका छन्। हाम्रो आग्रहले होइन् उहाँहरुको अनुभवले घर फर्कनु भएको हो,’ उनले भने।-1762781903.png)
काठमाडौं, कात्तिक २४ : नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीबाट बुढापाका बाहिरिएको र युवा पुस्ता धमाधम प्रवेश गर्न थालेको दाबी गरेका छन्।
उनले नेकपा एसका नेताहरुप्रति लक्षित गर्दै काम गर्न नसक्ने र हातपाऊ बसेका बुढापाखा अन्त गएको र युवा पुस्ताहरु एमालेमा आउन थालेको भन्दै कटाक्ष गरेका हुन्।
सोमबार ‘घर फर्क राष्ट्रिय अभियान’ घोषणा सभालाई सम्बोधन गर्दै उनले आफूहरुको आग्रहले नभई आफ्नो अनुभवले नेकपा एसका नेताहरु घर फर्किएको उनको भनाइ छ।
‘गाउँखाने कथा जस्तो काम गर्न नसक्ने र हात पाऊ बसेका बुढापाखा अलग भएपनि युवा पुस्ता भित्रिरहेका छन्। हाम्रो आग्रहले होइन् उहाँहरुको अनुभवले घर फर्कनु भएको हो,’ उनले भने, ‘हामीले आह्वान गरौं । तर फकाइफुल्याई वरीयतामा केही पनि दिन्छु भनेका छैनौं। यो चाहियो भनेको छैनौं। घर फर्कने छौं मात्र भन्नुभएको छ।’
त्यस्तै उनले नेकपा एमाले सानो चित्त, साघुरो मन र दिल भएको भनेर हल्ला चलाइएकोमा रोष व्यक्त गरे। एमालेमा कोही खाँदाखाँद गरेर बस्नुपर्ने अवस्था नभई फराकीलोसँग बस्ने इस्पेस रहेको बताए।
अध्यक्ष ओलीले अब उप्रान्त नेकपा एमालेले जेनजी आन्दोलनको जस्तो घट्ना हुन नदिने भन्दै आगो लगाउनेलाई छुट नदिने बताए।
त्यस्तै उनले निजी सम्पत्ति स्वाह पारिदने चिनिएका तत्वहरुलाई सरकारले गिरफ्तार र कारवाही नगरेको भन्दै यस्तो दण्डहीनताको प्रवृत्तिले दिर्घकालिन प्रतिसोध जन्माएर समाजमा दिर्घकालिन अशान्ति हुने बताए। उनले समयमा नै दोषीहरुलाई कानुनी कारवाहीगर्न सरकारलाई चेतावनी दिए।
‘अब उप्रान्त नेकपा एमालेले यस्तो घट्ना हुन दिने छैन। आगो लगाउनेलाई छुट दिने छैन् । निजी सम्पत्ति स्वाहा पारिदने तत्वहरु चिनिएका छन्। गिरफ्तार वा कारवाही गर्न नहुने पनि हुन्छ? म सरकारलाई चेतावनी दिन्छु,’ उनले भने, ‘यस्तो दण्डहिनताको प्रवृत्तिले प्रतिसोध जन्माएर समाजमा दिर्घकालिन अशान्ति हुनसक्छ। त्यसकारण समयमा नै कानुनी कारवाही गर्नुपर्छ।’
जेनजीको नाममा युवाहरुलाई एउटा परिस्थिति खडा गरेर मार्ने मराउने काम भएको बताउँदै उनले संसद विघटन गर्ने र हुनै नहुने मान्छे संविधान मिचेर प्रधानमन्त्री हुने जस्ता सबै नराम्रो कामहरु भएको बताए।









![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)

