Kathmandu Press

मधेश प्रदेशकी प्रमुख भण्डारीलाई पदमुक्त 

मधेस प्रदेशमा सरकार गठनका लागि आह्वान नै नगरी नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवलाई होटलमा लगेर मुख्यमन्त्रीमा नियुक्त गरिएपछि मधेशमा विरोध चर्किएको थियो। 
मधेश प्रदेशकी प्रमुख भण्डारीलाई पदमुक्त 

काठमाडौं, कात्तिक २४ : मन्त्रिपरिषदको सोमबार बसेको बैठकले मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई पदमुक्त गरेको छ।

भण्डारीको स्थानमा सुरेन्द्र लाभ कर्णलाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरिएको छ।

मधेस प्रदेशमा सरकार गठनका लागि आह्वान नै नगरी नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवलाई होटलमा लगेर मुख्यमन्त्रीमा नियुक्त गरिएपछि मधेशमा विरोध चर्किएको थियो। 

यादवलाई सोमबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले महोत्तरी र सिन्धुलीको सिमाना जंगलस्थित पानस कटेजमा मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ गराएकी थिइन्। 

सपथ लिएर पदभार ग्रहण गर्न पुगेका यादवलाई कार्यालय प्रवेशमा अवरोध गरिएको छ। आक्रोशित समूहले मुख्यमन्त्री कार्यालयमा तोडफोड गर्दै कर्मचारी निकालेर तालाबन्दी गरिदिएका थिए। 

प्रकाशित मिति: १९:२० बजे, सोमबार, कात्तिक २४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्