Kathmandu Press

दानबहादुर कार्की बने प्रहरी महानिरीक्षक

सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले काठमाडौं उपत्यका कार्यालय, रानीपोखरीमा कार्यरत एआईजी दानबहादुर कार्कीलाई महानिरीक्षक नियुक्त गरेको हो।
दानबहादुर कार्की बने प्रहरी महानिरीक्षक
फाइल तस्बिर।

काठमाडौं, कात्तिक २४ : दानबहादुर कार्की नेपाल प्रहरीको प्रमुख (महानिरीक्षक)मा नियुक्त भएका छन्।

सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले काठमाडौं उपत्यका कार्यालय, रानीपोखरीमा कार्यरत एआईजी दानबहादुर कार्कीलाई महानिरीक्षक नियुक्त गरेको हो। 

उनी भदौ २४ गते काठमाडौं उपत्यका प्रमुख नियुक्त भएका थिए। त्यसअघि उनी प्रहरी प्रधान कार्यालयस्थित मानव स्रोत साधन विभागको प्रमुख थिए।

डीआईजी हुँदा भने उनले लुम्बिनी प्रदेशको कमाण्ड सम्हाले । एसएसपीको जिम्मेवारीमा उनले काठमाडौं जिल्ला प्रहरी परिसरको कमाण्ड सम्हाल्दा भुटानी शरणार्थी प्रकरणको मुद्दा चलेको थियो ।

वर्तमान महानिरीक्षक चन्द्रकुवेर खापुङ कात्तिक २६ गतेबाट अनिवार्य अवकासम जाँदै छन्। 

प्रकाशित मिति: १९:१३ बजे, सोमबार, कात्तिक २४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्