‘युवालाई ढाल बनाएर राष्ट्रका विरुद्धमा आन्दोलन गराइयो’
उनले २३ र २४ गतेको घट्नापछि मुलुकमा जुन प्रकारको परिस्थिति उत्पन्न भयो त्यो कुनै मुलुकको लागि सहि नभएको भन्दै राष्ट्रका विरुद्धमा जुन अपराध गराइयो त्यो दुष्टताका विरुद्धमा नेकपा एमाले सधैँ उभिएको बताए।-(10)-1762780606.png)
काठमाडौं, कात्तिक २४ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले नवयुवालाई ढाल बनाएर राष्ट्रका विरुद्धमा जुन आन्दोलन गराइयो त्यो दुष्टताका विरुद्धमा नेकपा एमाले चट्टानसरी उभिएको बताएका छन्।
सोमबार घर फर्क अभियानको घोषणा कार्यक्रममा बोल्दै उनले २३ र २४ गतेको घट्नापछि मुलुकमा जुन प्रकारको परिस्थिति उत्पन्न भयो त्यो कुनै मुलुकको लागि सहि नभएको भन्दै राष्ट्रका विरुद्धमा जुन अपराध गराइयो त्यो दुष्टताका विरुद्धमा नेकपा एमाले सधैँ उभिएको बताए।
‘२३ र २४ गतेको घट्नापछि हाम्रो मुलुकमा जुन प्रकारको परिस्थिति उत्पन्न भयो त्यो कुनै मुलुकलाई काम थिएन भन्ने कुरा नेकपा एमाले बाहेक कसैले बुझ्न सकेन। सबै अलमल भएका छन्। हाम्रा नवयुवालाई ढाल बनाएर राष्ट्रका विरुद्धमा जुन अपराध गराइयो त्यो दुष्टताका विरुद्धमा चट्टानसरी उभिएको एउटै पार्टी एमाले हो,’ उनले भने।
उनले विद्यार्थी भाईबहिनीलाई ढाल बनाएर मुलुकलाई कमजोर पार्ने जुन षड्यन्त्र भयो त्यो बाहिर ल्याउन आवश्यक रहेको बताए। उनले बालबालिकालाई राज्यसत्ता विरुद्ध परिचालन गर्ने दृष्टिकोण लोकतन्त्र मान्यता अनुकुल हुन नसक्ने भन्दै २३ गतेको घट्नालाई अतिरञ्जीत गर्ने काम भएको दाबी गरे।
‘विद्यार्थी भाईबहिनीलाई ढाल बनाएर मुलुकलाई कमजोर पार्ने जुन षड्यन्त्र भयो त्यो बाहिर ल्याउन आवश्यक छ। बालबालिकालाई राज्यसत्ता विरुद्ध परिचालन गर्ने दृष्टिकोण हाम्रो लोकतन्त्र मान्यता अनुकुल हुन सक्दैनथ्यो। २३ गतेको घट्नालाई अतिरञ्जीत गर्ने काम भयो,’ उनले भने।
नेपालको राजनीतिक इतिहासमा देशको विकासमा सबैभन्दा प्रभावकारी काम गर्ने सरकार एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार भएको पोखरेलले बताए।
अहिलेको अन्तरिम सरकार नियोजित रूपमा राजनीतिक दललाई कमजोर बनाउने षडयन्त्रका साथ अघि बढिरहेको उनको भनाई छ।
पोखरलेले चुनाव हुने वातावरण छैन तर यसलाई अस्वीकार गर्न सकिँदैन भनेर अन्य दलहरूले आन्तरिक छलफलमा भन्ने गरेको भन्दै उनले आलोचना गरे । अन्य राजनीतिक दल डरकै कारण बोल्न नसकेका बताउँदै पोखरेलले यस्तो बेला बलियो राष्ट्रिय शक्ति आवश्यक रहेको बताए।












