Kathmandu Press

‘जेनजीको नाममा जे भइरहेको थियो, त्यो नितान्त सरकारविरुद्धको एउटा प्रहार थियो’

‘सयौं आँखा र नेतृत्वको अगाडि कुनै अवसर होइन। अवसरहरू निर्माण गर्न हजारौं पार्टीका सदस्यहरूले अवसर प्राप्त गर्ने संघर्षमा लामबद्ध हुन आएको हुँ, व्यक्तिगत अवसर र लाभका लागि होइन,’ उनले भनिन्।
‘जेनजीको नाममा जे भइरहेको थियो, त्यो नितान्त सरकारविरुद्धको एउटा प्रहार थियो’

काठमाडौं, कात्तिक २४ : नेकपा एमालेमा फर्किएकी नेतृ रामकुमारी झाँक्रीले जेनजी आन्दोलनको भर्सेसमा नेकपा एमाले उभिएको बताएकी छिन। 

सोमबार राष्ट्रिय सभा गृहमा आयोजित घर फर्क अभियानमार्फत पार्टी प्रवेश गरेकी उनले सम्बोधनको क्रममा जेनजीको नाममा भइरहेको क्रियाकलाप नितान्त सरकारविरुद्धको एउटा प्रहार भएको बताइन्। 

Hardik ivf

‘जेनजीको नाममा जे भइरहेको थियो । त्यो नितान्त सरकारविरुद्धको एउटा प्रहार थियो। सरकारविरुद्ध थिएन भने सरकारसमक्ष माग कस्ले प्रस्तुत गरेको थियो? जेनजी आन्दोलन युवा पुस्ताको एउटा आक्रोस थियो। त्यो सामान्य थियो,’ उनले भनिन्, ‘त्यसमा रोटी सेक्नको लागि सरकारका विरुद्ध जुनजुन तत्वहरु सामेल भए, आज फर्केर हेर्दा जेनजी आन्दोलन भर्सेस नेकपा एमाले त्यसको नेतृत्व एउटा उभिएको छ।’ 

नेतृ झाँक्रीले हजारौं पार्टी सदस्यहरूले प्राप्त गर्ने अवसरमा लामबद्ध हुन आफू पुनः एमालेमा फर्किको बताइन्। उनले आफूले कहिल्यै अवसर खोजेर नहिँडेको पनि स्पष्ट पारिन्। 

‘नौजवान साथीहरू आउनुस्, गोलबन्द बनौं। रामकुमारी झांक्री कुनै अवसर खोजेर न हिजो हिँडेको न आज हिँडेको छ। सयौं आँखा र नेतृत्वको अगाडि कुनै अवसर होइन। अवसरहरू निर्माण गर्न हजारौं पार्टीका सदस्यहरूले अवसर प्राप्त गर्ने संघर्षमा लामबद्ध हुन आएको हुँ, व्यक्तिगत अवसर र लाभका लागि होइन,’ उनले भनिन्।

कार्यक्रममा उनले ओलीलाई राष्ट्रवादी व्यक्तित्व कमरेड भन्दै सम्बोधन गरेकी थिइन् । 
 

प्रकाशित मिति: १८:३७ बजे, सोमबार, कात्तिक २४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्