Kathmandu Press

मधेश प्रदश सरकार गठन अवैध भन्दै सर्वोच्चमा रिट दर्ता 

प्रदेश प्रमुख सुमित्रा भण्डारीले संविधान विपरीत गई मुख्यमन्त्री नियुक्त गरेको दाबीसहित नियुक्ति बदरको माग गर्दै कानुनका विद्यार्थी रहेका अर्जुन शाहले रिट दायर गरेका हुन्। 
मधेश प्रदश सरकार गठन अवैध भन्दै सर्वोच्चमा रिट दर्ता 

काठमाडौं, कात्तिक २४ : मधेश प्रदेश सरकार गठन अवैध रहेको दाबीसहित सोमबार सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ।

प्रदेश प्रमुख सुमित्रा भण्डारीले संविधान विपरीत गई मुख्यमन्त्री नियुक्त गरेको दाबीसहित नियुक्ति बदरको माग गर्दै कानुनका विद्यार्थी रहेका अर्जुन शाहले रिट दायर गरेका हुन्। 

शाहले मधेश प्रदेश प्रमुखद्वारा नियुक्त मुख्यमन्त्री सरोजकुमार यादवलाई मुख्यमन्त्रीको हैषियतमा कुनै कामकारबाही नगर्न तत्काल अन्तरिम आदेशको माग गरिएको छ। 

उनले संवैधानिक प्रक्रिया अनुसार पुनः सरकार गठनको प्रक्रिया अघ बढाउन माग गरेका छन्। मधेश प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र मधेश प्रदेश सभालाई विपक्षी बनाएर रिट दायर गरिएको छ। 

प्रकाशित मिति: १७:४५ बजे, सोमबार, कात्तिक २४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्