किसान श्रेष्ठ र रामकुमारी झाँक्री एमालेमा फर्किए
काठमाडौंको राष्ट्रिय सभा गृहमा एमालेले सोमबार आयोजना गरेको ‘घर फर्क अभियान राष्ट्रिय घोषणा सभा’ कार्यक्रममार्फत झाँक्री र श्रेष्ठ एमालेमा समाहित भएका हुन्।
काठमाडौं, कात्तिक २४ : विघटित नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झांक्री र किसान श्रेष्ठ नेकपा एमालेमा फर्किएका छन्।
काठमाडौंको राष्ट्रिय सभा गृहमा एमालेले सोमबार आयोजना गरेको ‘घर फर्क अभियान राष्ट्रिय घोषणा सभा’ कार्यक्रममार्फत झाँक्री र श्रेष्ठ एमालेमा समाहित भएका हुन्।
उनीहरुले नेकपा माओवादी केन्द्रसहितको एकता प्रक्रियामा असहमति जनाउँदै आएका थिए।
कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पार्टीको झण्डासहित खादामाला लगाएर पार्टीमा स्वागत गरे ।
सो क्रममा उनीहरूले पार्टी अध्यक्ष ओलीलाई सांकेतिक रुपमा कलम हस्तान्तरण गरेका थिए ।
प्रकाशित मिति: १६:३४ बजे, सोमबार, कात्तिक २४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)