Kathmandu Press

घिसिङले गठन गर्न लागेको पार्टीमा सुमना सामेल नहुने

घिसिङकै नेतृत्वमा नयाँ दल खोलेर चुनावमा जाने तयारीमा रहेका बेला उनले साथ छाडेकी थिइन्। उनले घिसिङसँगको सहकार्य छाडे पनि कारण भने खोलेकी छैनन्। 
घिसिङले गठन गर्न लागेको पार्टीमा सुमना सामेल नहुने

काठमाडौं, कात्तिक २४ : कुलमान घिसिङले गठन गर्न लागेको पार्टीमा सुमना श्रेष्ठ सामेल नहुने भएकी छन्। 

रास्वपा छोडेकी श्रेष्ठले पछिल्लो समय घिसिङसँगै मिलेर नयाँ पार्टी खोल्ने तयारीमा थिइन्। घिसिङकै नेतृत्वमा नयाँ दल खोलेर चुनावमा जाने तयारीमा रहेका बेला उनले साथ छाडेकी थिइन्। उनले घिसिङसँगको सहकार्य छाडे पनि कारण भने खोलेकी छैनन्। 

घिसिङले पूर्वऊर्जा सचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा ‘उज्यालो नेपाल’ नामक दल खोल्ने तयारीमा छन्। दलको चुनाव चिह्न ‘बिजुलीको चिम’ राख्ने निर्णय भएको छ। श्रेष्ठ सोमबार नयाँ दल खोल्ने बैठकमा सामेल भए पनि पछि जोडिने भन्दै विचैमा बाहिरिएकी छन्। स्रोतका अनुसार पार्टीको नाममा कुरा नमिलेपछि उनी बाहिरिएकी हुन्। 

उर्जामन्त्री समेत रहेका घिसिङले मंगलबारसम्म निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिने तयारी गरेको बताइएको छ। 

श्रेष्ठले यसअघि घिसिङलाई रास्वपाको सभापति बनाउन समेत प्रश्ताव गरेकी थिइन् । पछि कुरा नमिलेपछि रास्वपा नै त्यागेर घिसिङसँगै नयाँ दल खोल्ने गृहकार्यमा थिइन्। 
 

प्रकाशित मिति: १५:१९ बजे, सोमबार, कात्तिक २४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्