सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेका छन् : सञ्चारमन्त्री
उनले पहिला पहिला चलचित्रकर्मीहरुले गाँउघर भित्रकै कथा देखाउने गरेतापनि अहिले देशभित्र लुकेका, लुकाउने गरेका यर्थात कुराहरु बाहिर ल्याउने गरेको बताएका हुन्।-1762764636.png)
काठमाडौं, कात्तिक २४ : सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले कहिल्यै सरकारमा नभएता पनि सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेको दाबी गरेका छन्।
सोमबार चलचित्र विकास बोर्डको पुरस्कार वितरण समारोहमा बोल्दै उनले देश परिर्वतन हुनुमा चलचित्रकर्मीको हात रहेको भन्दै परिर्वतन वा सचेतनाको यो युगसम्म आइपुग्न सफल भएको बताए।
त्यस्तै उनले नेपाली समाजमार्फत रुपान्तरणको लागि नेपाली चलचित्र क्षेत्रले गरेको योगदान मुलुकले भुल्दैन, भुल्न मिल्दैन र कहिले पनि नभुल्ने बाचा गरे।
उनले पहिला पहिला चलचित्रकर्मीहरुले गाँउघर भित्रकै कथा देखाउने गरेतापनि अहिले देशभित्र लुकेका, लुकाउने गरेका यर्थात कुराहरु बाहिर ल्याउने गरेको बताएका हुन्। उनले ‘परान’ र ‘पूर्ण बहादुरको सारंगी’ नामक चलचित्रको उदाहरण दिँदै समाजमा यी चलचित्रले धेरै कुरा सिक्न सक्ने बताए।
त्यस्तै सोही कार्यक्रममा बोल्दै नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्र क्षेत्रपनि अत्यन्तै लाभदायी हुने र इतिहासमा सम्झन लायक मन्त्री हुनेगरी मन्त्रीले काम गर्ने विश्वास व्यक्त गर्दै बोर्डको तर्फबाट पनि आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
‘चलचित्र क्षेत्रपनि अत्यन्तै लाभदायी हुने र इतिहास बन्ने र इतिहासमा सम्झन लायक मन्त्री ज्यूको रुपमा र उहाँको पछि लागेर उहाँलाई क्रेडिट जाँदा बोर्डले पनि क्रेडिट पाउने लोभ राख्नै काम गर्ने म पनि प्रतिबद्धता जनाउने छु,’ उनले भने।











