Kathmandu Press

रास्वपाको समानुपातिक उम्मेदवारका आवेदन दिन शुल्क ५० हजार 

रास्वपाले प्रत्यक्ष निर्वाचनका लागि २५ हजार रुपैयाँ रजिष्ट्रेशन शुल्क लिँदै आएको थियो। समानुपातिकमा पहिलोपल्ट ५० हजार रुपैयाँ शुल्क तोकिएको हो। 
रास्वपाको समानुपातिक उम्मेदवारका आवेदन दिन शुल्क ५० हजार 

काठमाडौं, कात्तिक २४ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फका उम्मेदवार हुन चाहनेका लागि आवेदन खुला गर्दै रजिष्ट्रेशन शुल्क ५० हजार रुपैयाँ तोकेको छ। 

रास्वपाले प्रत्यक्ष निर्वाचनका लागि २५ हजार रुपैयाँ रजिष्ट्रेशन शुल्क लिँदै आएको थियो। समानुपातिकमा पहिलोपल्ट ५० हजार रुपैयाँ शुल्क तोकिएको हो। 

कात्तिक २२ गते चितवनमा सम्पन्न विस्तारित बैठकलगत्तै रास्वपाले समानुपातिकतर्फको उम्मेदवारी आह्वान गरेको छ। निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारको बन्द सूची पुस १८ र १९ गतेका लागि तोकेको छ। 

आवेदनका लागि बुझाइएको रकमसांसदमा छनोट हुन नसक्ने अवस्थामा पनि फिर्ता नहुने बताइएको छ। रास्वपाले उम्मेदवार हुन चाहनले अनलाइनमाध्यमबाट र कार्यालयमै उपस्थित भएर आवेदन दिन सक्ने पनि जनाएको छ। आवेदन परेकाहरूबीच छनोटका लागि मापदण्ड पनि तयार पारिएको छ । 

प्रकाशित मिति: १४:०५ बजे, सोमबार, कात्तिक २४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्