Kathmandu Press

मधेशको मुख्यमन्त्री कार्यालयमा कर्मचारी निकालेर तालाबन्दी 

यादवलाई सोमबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले महोत्तरी र सिन्धुलीको सिमाना जंगलस्थित पानस कटेजमा मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ गराएकी थिइन्। 
मधेशको मुख्यमन्त्री कार्यालयमा कर्मचारी निकालेर तालाबन्दी 

काठमाडौं, कात्तिक २४ : मधेस प्रदेशमा सरकार गठनका लागि आह्वान नै नगरी नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको भन्दै विरोध चर्किएको छ। 

यादवलाई सोमबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले महोत्तरी र सिन्धुलीको सिमानामा रहेकाे पानस कटेजमा मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ गराएकी थिइन्। 

Hardik ivf

सपथ लिएर पदभार ग्रहण गर्न पुगेका यादवलाई कार्यालय प्रवेशमा अवरोध गरिएको छ। आक्रोशित समूहले मुख्यमन्त्री कार्यालयमा तोडफोड गर्दै कर्मचारी निकालेर तालाबन्दी गरिदिएको छ। 

प्रदेश प्रमुख भण्डारीको कार्यालयमा पनि बाहिर गेट र गमलामा तोडफोड गरेर तालाबन्दी गरिएको छ। प्रदेश प्रमुख भण्डारीलेसरकार गठनको आह्वान नै नगरी काठमाडौं जान्छु भन्दै बद्रीबासको हेटलमा लगेर मुख्यमन्त्रीको नियुक्ती गर्दै सपथ खुवाएको भनाई प्रदर्शनकारीको  छ।

अहिले प्रदर्शनकारीले ‘संविधानविपरीत मुख्यमन्त्री नियुक्त गर्न पाइँदैन’, ‘बाटोबाटोमा मुख्यमन्त्री नियुक्त गर्न पाइँदैन’, ‘मधेसविरोधी मुख्यमन्त्री मुर्दावाद’ भन्दै नाराबाजी गरिरहेका छन् ।

 


 

प्रकाशित मिति: १३:१५ बजे, सोमबार, कात्तिक २४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्