Kathmandu Press

फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउनेछ : महामन्त्री थापा 

सोमबार सामाजिक सञ्जालमार्फत् धारणा राख्दै महामन्त्री थापाले अब फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद् आउने दाबी समत गरेका छन्। ‘फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउनेछ। संविधानलाई सही मार्गमा ल्याउने यही एक मात्र बाटो हो, यसमा कुनै अलमल छैन,’ थापाले लेखेका छन्।
फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउनेछ : महामन्त्री थापा 

काठमाडौँ, कात्तिक २४ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले फागुन २१ को निर्वाचनलाई लिएर द्विविधा नपाल्न आग्रह गरेका छन्। उनले कांग्रेसले उक्त निर्वाचनमा भाग लिने र सफल बनाउन पनि भूमिका खेल्ने बताएका हुन् । 

सोमबार सामाजिक सञ्जालमार्फत् धारणा राख्दै महामन्त्री थापाले अब फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद् आउने दाबी समत गरेका छन्। ‘फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउनेछ। संविधानलाई सही मार्गमा ल्याउने यही एक मात्र बाटो हो, यसमा कुनै अलमल छैन,’ थापाले लेखेका छन्।

उनले कांग्रेसमा अहिले भइरहेको अलमल निर्वाचनका विषयमा नभइ पार्टीको महाधिवेशनको विषयमा भएको स्पष्ट पारेका छन्। ‘निर्वाचनअघि अधिवेशन गर्नु पर्छ, किनकि अधिवेशनबाट आउने नेपाली कांग्रेसको नीति र नेतृत्वले मात्र हामीलाई निर्वाचन लड्न योग्य बनाउँछ भन्ने हाम्रो अडान हो। अहिलेको छलफल र अलमल यही विषयमा मात्र हो, फागुन २१ गतेको निर्वाचनका बारेमा होइन,’ उनले लेखेका छन्, ‘नेपाली कांग्रेसले फागुन २१ गतेको निर्वाचनमा भाग लिन्छ मात्र होइन, यसलाई सफल पनि बनाउँछ। यसमा कसैले पनि द्विविधा नराखौँ।’

प्रकाशित मिति: ०९:०९ बजे, सोमबार, कात्तिक २४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्