Kathmandu Press

प्रचण्ड र माधव नेपाल पद एवम पावरका भोगी हुन् : महेश बस्नेत

कम्युनिष्ट घटकहरूबीच एकता भएको विषयबारे बोल्दै उनले प्रचण्डले पदको लागि पार्टीको नाम समेत फेरेको दाबी गरे। 
प्रचण्ड र माधव नेपाल पद एवम पावरका भोगी हुन् : महेश बस्नेत

काठमाडौं, कात्तिक २३ : नेकपा एमालेका नेता महेश बस्नेतले माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड पद र पावरको भोगी रहेको बताएका छन्। 

उनीहरुबीच धेरै कुरा नमिलेपनि पद र पावर बिना बस्न नसक्ने कुरा भने मिलेको भन्दै वस्नेतले व्यङ्ग्य गरेका हुन्। 

कम्युनिष्ट घटकहरूबीच एकता भएको विषयबारे बोल्दै उनले प्रचण्डले पदको लागि पार्टीको नाम समेत फेरेको दाबी गरे। 

‘माधव नेपाल र प्रचण्ड कमरेडको धेरै कुराहरू मिल्दैन। तर एउटा समान कुरा चाही मिल्ने गरेको छ। त्यो भनेको पद र पावर हो,’ उलने भने, ‘हिजो सशक्त क्रान्तिको अगुवाइ गरेको वा क्रान्तिको नेतृत्व गरेको पार्टी नेकपा माओवादी जोबाट प्रचण्डले आफूलाई धेरै गौरव गर्नुहुन्थ्यो। त्यो पार्टीको नामै फेर्न तयार हुनुभयो। यसबारे हामीले बुझिहाल्यौं।’

उनले पुराना रुखका पात झरेर मल बन्छ तर एमालेबाट माधव कुमार नेपाल पात बनि झरेतापनि काम नलागेको बताए। नेपाल एमालेबाट झरेता पनि माओवादीको मल बनेर एमालेविरूद्ध नै प्रयोग हुने खतरा बढेको समेत बताए। 

प्रकाशित मिति: १८:३७ बजे, आइतबार, कात्तिक २३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्