Kathmandu Press

ट्रस्टका तत्कालीन सहसचिव कार्कीलाई अनुसन्धानका लागि अदालतबाट ८ दिन अनुमति

काठमाडौं अदालतले आइतबार थप अनुसन्धानका लागि ८ दिनसम्म अनुसन्धानका लागि अनुमति दिएको हो। उनलाई शुक्रबार चितवनबाट पक्राउ गरेर काठमाडौं ल्याइएको थियो।
ट्रस्टका तत्कालीन सहसचिव कार्कीलाई अनुसन्धानका लागि अदालतबाट ८ दिन अनुमति

काठमाडौं, कात्तिक २३ : जिल्ला अदालत काठमाडौंले नेपाल ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई थप ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

काठमाडौं अदालतले आइतबार थप अनुसन्धानका लागि ८ दिनसम्म अनुसन्धानका लागि अनुमति दिएको हो। उनलाई शुक्रबार चितवनबाट पक्राउ गरेर काठमाडौं ल्याइएको थियो। 

ट्रस्टलाई हानीनोक्सानी हुनेगरी ३० वर्षका लागि जग्गा लिजमा दिइएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो। उनीविरुद्ध ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ। 

नेपाल ट्रस्टका नाममा दर्ता कायम रहेको काठमाडौंको जग्गा बदनियत राखेर हानिनोक्सानी हुनेगरी भाडा सम्झौता दिएको उजुरीका आधारमा सिआइबीले बयान लिई छानविन अघि बढाएको छ। 

प्रकाशित मिति: १८:०९ बजे, आइतबार, कात्तिक २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्