Kathmandu Press

चुनावअघि महाधिवेशन गर्नुपर्ने माग गर्न कांग्रेसका १३ नेताको बैठक

बैठकमा केन्द्रीय सदस्य आङगेलु शेर्पा, डा.डिला संग्रौला, पुष्पा भुसाल, प्रदीप सुनुवार, मदनकृष्ण श्रेष्ठ, अब्दुल सत्तार, योगेन्द्र चौधरी, अर्जुन जोशी, देवेन्द्रराज कँडेल, धना खतिवडा र नानु बास्तोला सहभागी रहेको बताइएको छ। 
चुनावअघि महाधिवेशन गर्नुपर्ने माग गर्न कांग्रेसका १३ नेताको बैठक

काठमाडौं, कात्तिक २३ : आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन अगावै पार्टीको महाधिवेशन गर्नुपर्ने मागसहित आइतबार कांग्रेसका १३ जना नेताको बैठक बसेको छ। कालिमाटी सोल्टिमोडस्थित केन्द्रीय सदस्य राजेन्द्र केसीको घरमा कांग्रेस नेताहरू जुटेका हुन्। 

बैठकमा केन्द्रीय सदस्य आङगेलु शेर्पा, डा.डिला संग्रौला, पुष्पा भुसाल, प्रदीप सुनुवार, मदनकृष्ण श्रेष्ठ, अब्दुल सत्तार, योगेन्द्र चौधरी, अर्जुन जोशी, देवेन्द्रराज कँडेल, धना खतिवडा र नानु बास्तोला सहभागी रहेको बताइएको छ। 

उनीहरु जारी केन्द्रीय समिति बैठकमा निर्वाचन अगाडि पार्टीको १५ औँ महाधिवेशन गर्न दबाब दिने भन्दै बैठकमा जुटेका हुन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगन थापाले आगामी पुस १६ गतेदेखि १९ गतेसम्म नियमित महाधिवेशनको कार्यतालिका पेस गरेका छन्। 

अर्का सहमहामन्त्री महेन्द्र यादवले २०८३ साल वैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन हुनुपर्ने भिन्नै तालिका पेस गरेका थिए । यतिबेला कांग्रेसमा तोकिएको आमचुनाव अघि कि चुनावपछि महाधिवेशन गर्ने भन्ने बिषय पेचिलो बनेको छ।  

प्रकाशित मिति: १८:०७ बजे, आइतबार, कात्तिक २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्