Kathmandu Press

कोरोना कोषमा नौ लाख रुपैयाँ सहयोग

म्याग्दी, जेठ ४ : उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिकाले कोरोना भाइरस रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि स्थापना गरेको कोषमा गाउँपालिकाका कर्मचारी....

कोरोना कोषमा नौ लाख रुपैयाँ सहयोग

म्याग्दी, जेठ ४ : उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिकाले कोरोना भाइरस रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि स्थापना गरेको कोषमा गाउँपालिकाका कर्मचारी र शिक्षकहरुले नौ लाख रुपैयाँ सहयोग गरेका छन्।

गाउँपालिकाभित्रका शिक्षक र कर्मचारीको बैठकले अधिकृत तहको पाँच दिन बराबरको, अन्य कर्मचारीहरुको तीन दिन, गाउँपालिकाभित्रका शिक्षकको तीन दिनको र सहयोगी तहका कर्मचारीले एक दिनको तलब गरी नौ लाख रुपैयाँ जम्मा गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए।

कोषमा गाउँपालिकाको वडा नं १ मा स्थायी घर भइ हाल हङकङमा बसोबास गर्ने गोविन्द पुनले १५५ बोरा चामल, ३१० केजी नुन, १५५ लिटर तेल सहयोग गरेका थिए। उक्त खाद्यान्न १, २, ३ ४ नं का असिनापीडित किसानलाई वितरण गरिएको उनको भनाइ छ। सो कोषमा गाउँपालिकाले ७१ लाखको कोष स्थापना गरेको छ। उक्त कोषबाट जिल्ला अस्पताललाई आइसोलेसन वार्ड स्थापनाका लागि दुई लाख ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णयसमेत गरेको छ।

प्रकाशित मिति: १५:१९ बजे, आइतबार, जेठ ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्