सरकारको दाबी : नेपाल कुखुराको अण्डामा आत्मनिर्भर
काठमाडौं, जेठ २ : सरकारले कुखुराको अण्डा उत्पादनमा नेपाल आत्मनिर्भर भएको दाबी गरेको छ।
शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त ....

काठमाडौं, जेठ २ : सरकारले कुखुराको अण्डा उत्पादनमा नेपाल आत्मनिर्भर भएको दाबी गरेको छ।
शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कुखुराको अण्डा उत्पादनमा आत्मनिर्भर भएको बताएकी हुन्।
यस्तै, नेपाल दूध, मासु र माछाको उत्पादनमा आत्मनिर्भर नजिक पुगेको सरकारको नीति तथा कार्यक्रममा दाबी गरिएको छ।
यसैगरी, सरकारले कृषकका लागि लागतका आधारमा उचित मूल्य प्राप्त गर्नका लागि व्यवस्था गरिनेछ र कृषकको बचत सुनिश्चित गरिने उल्लेख गरेको छ।
प्रकाशित मिति: १७:५५ बजे, शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
