देशभरका आठ स्थानमा औद्योगिक क्षेत्र निर्माणका लागि संरचना निर्माण गरिने
काठमाडौं, जेठ २ : सरकारले देशभरका आठ स्थानमा औद्योगिक क्षेत्र निर्माणका लागि संरचना निर्माण गर्ने भएको छ।
आगामी आर्थिक वर्षको नीति तथा ....

काठमाडौं, जेठ २ : सरकारले देशभरका आठ स्थानमा औद्योगिक क्षेत्र निर्माणका लागि संरचना निर्माण गर्ने भएको छ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले आठ स्थानमा औद्योगिक क्षेत्र निर्माणका लागि संरचना बनाउने नीति अघि सारेको हो। ‘झापाको दमक, सर्लाहीको मुर्तिया, मकवानपुरको मयुरधाप, चितवनको शक्तिखोर, रुपन्देहीको मोतिपुर, बाँकेको नौबस्ता, कैलालीको लम्की र कञ्चनपुरको दैजीमा औद्योगिक क्षेत्रको लागि संरचना निर्माण गरिनेछ,’ संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले भनिन्।
यस्तै सरकारी स्वामित्वमा रहेका रुग्ण उद्योगलाई निजी क्षेत्रको सहभागितामा पुनःसञ्चालन गर्ने नीति सरकारले लिएको छ। दैलेख लगायतका १० स्थानमा पेट्रोल अन्वेषण कार्यक्रम सुरु भएको सरकारले जनाएको छ। आगामी वर्ष दैलेखमा पेट्रोलियम र बैतडीमा फस्फोरस अन्वेषण कार्यक्रम सम्पन्न भएको छ।










-1754206481.jpg)
