पाकिस्तानको आयरल्यान्ड स्थगित
काठमाडौं, जेठ २ : पाकिस्तानले आगामी जुलाईका लागि तय भएको आयल्यान्ड भ्रमण स्थागित गरेको छ। कोरोना भाइरसको त्रास कामयमै रहेपछि पाकिस्तानी क्रिकेट टिमको ....

काठमाडौं, जेठ २ : पाकिस्तानले आगामी जुलाईका लागि तय भएको आयल्यान्ड भ्रमण स्थागित गरेको छ। कोरोना भाइरसको त्रास कामयमै रहेपछि पाकिस्तानी क्रिकेट टिमको आयरल्यान्ड भ्रमण स्थागित गरेको हो।
दुवै देशका क्रिकेट बोर्ड जुलाईका लागि तय भएको क्रिकेट सिरिज स्थगित गर्न सहमत भएपछि पाकिस्तानको आयरल्यान्ड भ्रमण स्थागित भएको हो। आरल्यान्ड सरकारले १० अगस्तपछि बन्द रंगशालामा क्रिकेट खेल्नेका अनुमती दिएपछि सिरिज स्थागित भएको हो।
पाकिस्तान र आयल्यानडबीच २ खेलको टी–२० सिरिज हुने तय थियो। खेल डलबिनमा १२ र १४ जुलाईमा खेलिने तालिका थियो। पाकिस्तन क्रिकेट बोर्ड (पिसिबी)का कार्यकारी अध्यक्ष वासिम खानले कोरोनाका कारण आयरल्यान्ड भ्रमण गर्नु स्थागित हुनु दुःख भएको बताएका छन्।
आयरल्यन्ड भ्रमण रद्द भएसँगै पाकिस्तानको इंग्ल्यान्ड भ्रमण पनि संकटमा परेको छ। जुलाईमै हुने टी–२० सिरिजका लागि पाकिस्तान आयल्यान्डबाटै इंग्ल्यान्ड जाने कार्यक्रम छ।











