Kathmandu Press

जलेकाे गेटकाे तस्बिर सेयर गर्दै शेखर गोल्छा लेख्छन्- नयाँ नेपालको सपना पूरा होस्

सामाजिक सञ्जाल फेसबुकमा मार्फत उनले जेनजी आन्दोलनका क्रममा केहि व्यवसायीहरु माथि भएको वीभत्स आक्रमणबाट आफ्नो परिवार पनि प्रभावित भएको बताएका छन्।
जलेकाे गेटकाे तस्बिर सेयर गर्दै शेखर गोल्छा लेख्छन्- नयाँ नेपालको सपना पूरा होस्

काठमाडौं, भदौ २७ : नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा प्रख्यात व्यवसायी शेखर गोल्छाले देशमा सकारात्मक परिवर्तनसहित नयाँ पुस्ताले देखेको नयाँ नेपालको सपना पूरा होस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा मार्फत उनले जेनजी आन्दोलनका क्रममा केही व्यवसायीहरू माथि भएको वीभत्स आक्रमणबाट आफ्नो परिवार पनि प्रभावित भएको बताएका छन्। साथै उनले यस घटनाले आफू र आफ्नो परिवारलाई निरास वा विचलित तुल्याउन नसकेको स्पष्ट पारेका छन्।

Hardik ivf

‘आजका सुनौलो विहानीसँगै देश सकारात्मक दिशातर्फ अघि बढोस्, लोकतन्त्र अझ सुदृढ होस् भन्ने कामना गर्दछु। हामी अझै सशक्त रूपमा रोजगारी सिर्जना गर्न र लगानी गर्न प्रतिवद्ध छौं,’ गोल्छाले भने।

उनले अन्धकारपछि आउने उज्यालोले सबै नेपालीलाई सद्भाव र एकताको बल प्रदान गरोस् भन्ने शुभेच्छा पनि व्यक्त गरेका छन्।
 

प्रकाशित मिति: १३:०२ बजे, शुक्रबार, भदौ २७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्