छिमेकी देशबाट स्वदेश फर्किएका १० हजार थाई नागरिक क्वारेन्टाइनमा
बैंकक, वैशाख ३० : छिमेकी देशहरुबाट फर्केका करिब १० हजार थाई नागरिकलाई तत्काल क्वारेन्टाइनमा राखिएको छ। कामको शिलशिलामा छिमेकी देश पुगेका र हाल कोभिड&n....

बैंकक, वैशाख ३० : छिमेकी देशहरुबाट फर्केका करिब १० हजार थाई नागरिकलाई तत्काल क्वारेन्टाइनमा राखिएको छ। कामको शिलशिलामा छिमेकी देश पुगेका र हाल कोभिड–१९ को कारण स्वदेश फर्केका ती थाई नागरिकलाई १४ दिनको लागि क्वारेन्टाइनमा राखिएको हो।
थाईल्याण्डका सीमा क्षेत्रहरुमा गत अप्रिल १८ देखि अड्किएका १० हजार २९८ व्यक्ति फर्किएपछि क्वारेन्टाइनमा राखिएको मंगलबार सरकारी अधिकारीहरुले जानकारी दिएका छन्।
स्वदेश फर्किएका नागरिकहरुमा मलेसियाबाट ८ हजार ९१२, म्यानमारबाट ६९१, लाओसबाट ३९९ क्याम्बोडियाबाट २९६ जना रहेका छन्।
गत महिनाको शुरुमा थाईल्याण्डको सीमा क्षेत्रमा नरहेका देशहरुबाट पनि ६ हजार ७०० थाई नागरिक स्वदेश फर्किएका छन्। यी सवैलाई १४ दिनको क्वारेन्टाइनमा राखिएको थियो।
थाईल्याण्डमा कोरोना भाइरसको कारण ३ हजार १७ जनामा संक्रमित रहेका छन्। यस प्रकोपका कारण ५६ मृत्यु भएको छ, भने २ हजार ७९८ निको भएर फर्किएका छन्।



-1791359764.jpg)







