Kathmandu Press

चीनको शुलान सहरमा संक्रमित बढपछि लकडाउनको घाेषणा

काठमाडौं, वैशाख २९ : चीनको शुलान सहरमा कोरोना भाइरसको संक्रमण फैलिएसँगै लकडाउनको घोषणा गरिएको छ। चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार शुलान सशरमा कोरो....

चीनको शुलान सहरमा संक्रमित बढपछि लकडाउनको घाेषणा

काठमाडौं, वैशाख २९ : चीनको शुलान सहरमा कोरोना भाइरसको संक्रमण फैलिएसँगै लकडाउनको घोषणा गरिएको छ। चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार शुलान सशरमा कोरोना भाइरसका ११ जना नयाँ संक्रमित भेटिएका छन्।

संक्रमितको संख्या बढेसँगै चीनले शुलान सहरको सबै सार्वजनिक स्थान, सार्वजनिक यातायात बन्द गर्ने निर्णय गरेको छ भने स्थानीय प्रशासनले सबैलाई आफ्नो घरमा नै बस्न अनुरोध गरेको छ। 

शुलान जिलिङ प्रान्तको एक सहर हो । यो सहर रुससँग सीमा जोडिएको हेइलोङजियाङको सीमामा पर्छ। पछिल्लो समय रुसबाट आउने मानिसहरुमा कोरोना भाइरसको संक्रमण बढी देखिएको छ।

४५ वर्षीया एक संक्रमित महिलाबाट ११ जनामा भाइरस संक्रमण फैलिएको पाइएको छ। कपडा धुने एक महिलाबाट उनका पति, बहिनी र परिवारका अन्य सदस्यमा फैलिएको हो। तर, महिलाले हालै कुनै मुलुकको यात्रा गरेकी थिइनन्।

बीबीसी

प्रकाशित मिति: १३:०२ बजे, सोमबार, वैशाख २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्