Kathmandu Press

लगातार तेस्रो दिनपनि बढ्यो नेप्से

सोमबार ९.१९ अंकले बढेर २६३१.४८ अंकमा पुगेर रोकिएको नेप्से आज २८.९१ अंकले बढेर २६६०.३९ अंकमा पुगेर रोकिएको हो। 
लगातार तेस्रो दिनपनि बढ्यो नेप्से

काठमाडौं, असार १७ : साताको तेस्रो कारोबार दिन मंगलबार पनि नेप्से परिसुचकमा निरन्तर वृद्धि भएसँगै कारोबार रकम पनि बढेको छ।

सोमबार ९.१९ अंकले बढेर २६३१.४८ अंकमा पुगेर रोकिएको नेप्से आज २८.९१ अंकले बढेर २६६०.३९ अंकमा पुगेर रोकिएको हो। 

Hardik ivf

नेप्से बढेसँगै आज कारोबार रकममा पनि वृद्धि भएको छ। आज कुल ३०९ स्टकको ७ अर्ब ३ करोड ३० लाख ५० हजार २८६ रुपैयाँ बराबरको १ करोड ५७ लाख ६४ हजार १ कित्ता शेयर खरिद विक्री भएको छ। सोमबार ६ अर्ब ३८ करोड ७२ लाख ७ हजार १५ रुपैयाँ बराबरको १ करोड ४१ लाख ७२ हजार ५३५ कित्ता शेयर कारोबार भएको थियो।

सोमबार १.९५ अंकले बढेको सेन्सेटिभ इन्डेक्स आज ६.१९ अंकले बढेको छ । आज फ्लोट इण्डेक्स पनि २.३६ अंकले बढेको भने सेन्सेटिभ फ्लोट इण्डेक्स पनि २.२७ अंकले बढेको छ।

सामुदायिक लुवित्त वित्तिय संस्था लिमिटेड र न्यादी हाइड्रो पावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सामुदायिक लघुवित्तिको शेयर मूल्य १३६.७१ रुपैयाँले बृद्धि हुँदै प्रतिकित्ता १५२१.८२ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

न्यादी हाइड्रोको शेयर मूल्य ४२.२५ रुपैयाँले बढेर प्रतिकित्ता ४७०.३६ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यसैगरी धेरै कमाउनेमा बरुण हाइड्रो, राप्ती हाइड्रो र सर्पोट माइक्रो फाइनान्स वित्तिय संस्था पनि रहेका छन्।

सबैभन्दा धेरै घाटा व्यहोर्नेमा युनिलिभर नेपाल लिमिटेड रहेको छ। यसको शेयर मूल्य आज २.१३ प्रतिशतले अर्थात १ हजार रुपैयाँले घटेर प्रतिकित्ता ४६ हजार रुपैयाँमा अन्तिम कारोबार भएको छ।

यस्तै, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र नेपाल माइक्रो इन्स्योरेन्सको शेयर मूल्य पनि क्रमशः प्रतिकित्ता ३७.६८ रुपैंयाँ र २९.९७ रुपैयाँले घटेको छ। यस दिन एनआरएन इन्फ्रास्टक्चर, राधी जलविद्युत कम्पनी, बुटवल पावर कम्पनी र सप्तकोशी विकास बैंकको शेयरको सर्वाधिक कारोबार भएको छ।
 

प्रकाशित मिति: १६:१७ बजे, मंगलबार, असार १७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्