Kathmandu Press

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम घट्यो

आज कुल ३१८ स्टकको ६ अर्ब ३८ करोड ७२ लाख ७ हजार १५ रुपैयाँ बराबरको १ करोड ४१ लाख ७२ हजार ५३५ कित्ता शेयर कारोबार भएको छ।
सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम घट्यो

काठमाडौं, असार १६ : साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसुचक ९.१९ अंकले बढेर २६ सय ३१.४८ अंकमा पुगेर रोकिएको छ। यसअघि आइतबार नेप्से २६.५३ अंकले बढेर २६ सय २२.२८ अंकमा पुगेर रोकिएको थियो।

आज सेन्सेटिभ इण्डेक्स १.९५ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.७७ अंकले बढेको छ। यस्तै,सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८१ अंकले बढेको छ।

अघिल्लो दिनभन्दा यस दिन भने कारोबार रकम केहि घटेको छ। आज कुल ३१८ स्टकको ६ अर्ब ३८ करोड ७२ लाख ७ हजार १५ रुपैयाँ बराबरको १ करोड ४१ लाख ७२ हजार ५३५ कित्ता शेयर कारोबार भएको छ।

Hardik ivf

आइतबार ७ अर्ब १२ करोड १७ लाख ३६ हजार ११४ रुपैयाँको १ करोड ६६ लाख ४३ हजार ११४ कित्ता शेयर खरिद बिक्री भएको थियो।

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको शेयर मूल्यमा ९.९७ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयर मूल्य आज ३२.४८ रुपैयाँले बढेर ३५८.१० रुपैयाँमा अन्तिम कारोबार भएको छ। धौलागरि लघुवित्त वित्यि संस्था लिमिटेडको शेयर मूल्यमा पनि सकारात्मक सर्किट लाग्दै १३०.५६ रुपैयाँले बढेर १४६२.५४ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

त्यसैगरी विन नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर मूल्य पनि १७७.२२ रुपैयाँले बढेर २१११.१५ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

यस्तै, सिन्धु विकास बैंक र सप्तकोशी विकास बैंकको शेयर मूल्य पनि क्रमशः ७.८१ र ७.२१ प्रतिशतले बढेको छ।

सोमबार पञ्चकन्या माइ हाइड्रोपावर, ग्रिन डेभलप्मेन्ट बैंक र पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै घटेको छ । पञ्चकन्या माइ हाइड्रोको शेयर मूल्य ४.९२ प्रतिशतले घटेको छ भने ग्रिन डेभलप्मेन्ट बैंक र पिपुल्स हाइड्रोको शेयर मूल्य क्रमशः ४.६५ र ३.७५ प्रतिशतले घटेको छ।

आज साहस उर्जा लिमिटेड, सानीमामाई हाइड्रोपावर बुटवल पावर कम्पनी र सप्तकोशी हाइड्रोको शेयर सर्वाधिक कारोबार भएको छ।
 

प्रकाशित मिति: १७:४४ बजे, सोमबार, असार १६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्