Kathmandu Press

आईटीटीएफको अन्तर्राष्ट्रिय अम्पायर परीक्षामा नेपालका तीन जना उत्तीर्ण

काठमाडौं, वेशाख २५ : अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघ (आईटीटीएफ) अन्तर्राष्ट्रिय अम्पायर परीक्षामा नेपालबाट तीन जना उत्तीर्ण भएका छन्।

....

आईटीटीएफको अन्तर्राष्ट्रिय अम्पायर परीक्षामा नेपालका तीन जना उत्तीर्ण
फाइल

काठमाडौं, वेशाख २५ : अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघ (आईटीटीएफ) अन्तर्राष्ट्रिय अम्पायर परीक्षामा नेपालबाट तीन जना उत्तीर्ण भएका छन्।

उत्तीर्ण हुनेमा मोरङका विकेन थापा र राजेश भट्टराई तथा काठमाडौंका नरेश रावल रहेको अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्यले जानकारी दिए। 

आईटीटीएफले नेपालबाट १७ जनालाई अनलाइन परीक्षामा सहभागिताको अवसर दिएकोमा तीन जना मात्र उत्तीर्ण भएका हुन्। ५० पूर्णाङ्कको उक्त परीक्षामा विकेन र राजेशले समान ४०–४० अंक प्राप्त गरे। उत्तीर्ण हुन ३८ अंक चाहिनेमा नरेशले त्यत्ति नै अंक ल्याए।
 
प्रकाशित मिति: १५:३३ बजे, बिहीबार, वैशाख २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्