कोरोना भाइरसबारे भ्रम फैलाउने काममा राजनीतिज्ञ र सेलिब्रटी अगाडि !
काठमाडौं, वैशाख २५ : कोरोना भाइरसको कारण संसार भर त्रास फैलिएको छ। त्रासकाबीच सामाजिक सञ्जालमार्फत खबर फैलाउनेको होडवाजी चलिरहेको छ। कोरोना भाइरसबारे ....
काठमाडौं, वैशाख २५ : कोरोना भाइरसको कारण संसार भर त्रास फैलिएको छ। त्रासकाबीच सामाजिक सञ्जालमार्फत खबर फैलाउनेको होडवाजी चलिरहेको छ। कोरोना भाइरसबारे जानकारी भन्दै गरिएको सुचनाले मानिसमा विभिन्न भ्रम तथा त्रासको श्रृजना गरेको छ। के तपाईले सोच्नु भएको छ, यस्ता अफवाह र त्रास फैलाउनमा कस्ता व्यक्तिको भुमिका रहेको हुन्छ?
सामाजिक सञ्जालमार्फल भ्रामक सुचना दिने वा अफवाह फैलाउनमा कस्तो मानिस सक्रिय छन भन्नेबारे हामीले एक अध्ययन गरेका छौं। अध्ययनबाट अफवाह किन र कस्ता व्यक्तिमार्फत फैलन्छन्, भन्नेबारे तथ्य पत्ता लागेको छ।
१.जोकर
एक चुलबुले व्यक्तिले एउटा स्क्रिनसट तयार पा¥यो । जसमा सरकारको तर्फबाट एउटा नक्कली पत्र लेखिएको थियो। सो पत्रमा लकडाउनको समयमा यदि कोही मानिस घरबाट निस्किएमा जरीवाना तिर्नुपर्ने कुराहरु समेटिएको थियो।
उक्त व्यक्तिले सोच्यो कि लकडाउन पालना नगर्ने मानिसलाई तर्साएर उनीहरुलाई जिस्काउन सकिन्छ। जसको लागि उसले सुरुमा आफ्नो इन्स्टाग्राममा भएका साथीहरुलाई शेयर गर्न लगााए विभिन्न सामाजिक सञ्जालहरुमा फैलाइयो।
केहीले उक्त नक्कली पत्रलाई सक्कली सम्झेर शेयर गरे भने कोहीले गम्भीरतापुर्वक लिए। नक्कली पत्र तयार पार्ने व्यक्तिले आफ्नो नाम नखुलाउने शर्तमा भने, ‘म सबैलाई तर्साउन चाहन्नथेँ । तर मानिसहरु एउटा स्किृनसटलाई आधारमानेर शेयर गर्नु भन्दा साँचो के हो भन्नीतर्फ गम्भिरतापुर्ण सोच्न जरुरी छ।’
२. स्क्यामर
केही झुटा सन्देश सरकार वा स्थानीय काउन्सिलको नाममा स्क्यामरहरूले पठाएको थियो। महामारीको समयमा पैसा कमाउने उदेश्यले उनीहरुले यस्ता कार्यहरु गर्ने गर्दछन्।
तथ्य जाँच गर्ने संस्था ‘पूर्ण तथ्य’ले मार्चमा त्यस्तै एक घोटालाको अनुसन्धान गरेको थियो। स्क्यामरहरुले कोरोना भाइरसमा समस्यामा परेकाहरुलाई राहत रुवरुप सरकारले केही रकम दिने बताएको थियो। राहत लिनको लागि मानिसले आफ्नो बैंकका विवरणहरु स्क्यामरहरुलाई दिनु पर्ने थियो।
फेसबुकमा प्रकाशित गरिएको यो सुचनाले मानिसमा लोभ जन्माएको थियो। तर यसको पछाडि कसको हात छ भन्ने कुरा पत्ता लगाउन निकै कठिन थियो। किनकी सचना म्यासेजमार्फत गरिएको थियो।
इन्टरनेटमा सक्रिय रहेका मानिसहरुले पैसा कमाउने उदेश्यले फेब्रसुअरीदेखिनै यस्तो काम गर्न सुरु गरेका थिए।
यति मात्र नभएर कतिपय स्क्यामरहरुले म्यासेजमा ‘कोरोना भाइरसको बारेमा जान्नका लागि तल दिएको लिंकमा थिच्नुहोस्’ भन्ने किसिमको म्यासेजसमेत गरेका थिए।
३. राजनीतिज्ञ
गलत सुचनाहरु केवल सामाजिक सञ्जालबाट मात्र आउँछ भन्ने हुँदैन। गत हप्ता मात्र अमेरीकाको राष्ट्रपति डोनाल्ड ट्रम्पले संक्रमित बिरामीहरूको शरीरमा अल्ट्रा भायोलेट किरण वा ब्लीच (सफा गर्नको लागि प्रयोग गरिने एक रासायनिक) प्रयोग गर्नाले कोरोना भाइरसको उपचार गर्न मद्दत मिल्ने बताएका थिए।
राष्ट्रपति ट्रम्पले अनुमानको भरमा नै उक्त कुरा बाहिर ल्याएका थिए। तर पछि उनले उक्त टिप्पणी ठट्टामा गरिएको दाबी गरेका थिए। तर उनले ठट्टा गरेको भनेपनि मानिसहरूले हटलाइनमा फोन गरिरहेछन्, र किटनाशक औषधिले उपचार हुन्छ? भनेर सोधिरहेका छन्। यस घटनामा केवल अमेरिकी राष्ट्रपतिको नाम मात्रै छैन। चीनको विदेश मन्त्रालयका प्रवक्ताले वुहानमा कोरोना भाइरस फैलउनुमा अमेरिकी सेनाको हात छ भनेका थिए। उनको यो धारणाले समेत अफवाह फैलनुमा राजनीतिज्ञहरुको हात रहेको प्रष्ट हुन्छ।
४. काल्पनिक कथा बुन्ने व्यक्तिहरु
कोभिड–१९ बारे काल्पनिक कथा रुसको सरकारी टेलिभिजन च्यानलको प्राइम टाइममा बहस भएको छ। त्यस्ता सामाग्री रूसको शक्ति करिरडोरहरूमा पहुँच भएका व्यक्तिको ट्वीटर एकाउन्टमा शेयर गरिएको थियो।
वास्तवमा कोरोना भाइरसको अनिश्चितताको वातावरणले यस्ता कथाहरूको लागि उर्वर अवस्था सिर्जना गरेको छ। उदाहरणका लागि ब्रिटेनमा खोप परीक्षणमा भाग लिने पहिलो स्वयंसेवकको मृत्यु भएको गलत तथ्य फैलिएको थियो।
फेसबुकमा समेत कोरोनाबारे अनेक समचारहरु आउने गर्छन्, जुन काल्पनिक कथा हुने गर्छन्। एउटा युट्युब च्यानलमा समेत पाईभ–जी नेटवर्क र कोरोना भाइरसबीच सम्बन्ध रहेको सार्वजनिक भयो। त्यो गलत तथ्यले मानिसहरुलाई उत्तेजित बनाएको थियो। तर, अहिले भने उक्त भिडियो हटाइएको छ। यस्ता काल्पनिक कथाका कारण ब्रिटेनमा फइभ–जी टेक्नोलोजीको मोबाइल टावरहरूमा आक्रमण समेत भएको थियो।
५. सुचनाको स्रोत
कहिलेकाहीँ गलत जानकारी विश्वसनीय स्रोतहरूबाट समेत आउन सक्छ। जस्तै एक डाक्टर, प्राध्यापक वा अस्पतालमा काम गरिरहेका स्वास्थ्यकर्मीले आन्तरिक समाचारहरू थाहा पाएका हुँदैनन्।
पश्चिम ससेक्सको क्रौलीमा एउटी महिलाले भ्वाइस नोट छोडिन्। उनले कोरोना संक्रमित युवा र स्वास्थ व्यक्तिहरूको मृत्यु बारेको त्रासदीपूर्ण भविष्यवाणी गरेकी थिइन्। जुन कुनै पनि कोणबाट पुष्टि हुन सक्ने अवस्था थिएन।
उक्त महिलाले दावी गरेकी थिइन्, की उनी एम्बुलेन्स सेवामा काम गर्छिन्। र उनीसँग अस्पतालको गोप्य सूचनासमेत छ। जागिरको प्रमाण देखाउन अनुरोध गर्दा उनले जवाफ दिइनन्। तर, उनको भ्वाइस नोटमा जे दावी गरियो, त्यो फगत अफवाह थियो।
६. आफन्त र साथीभाई
कोरोना भाइरसको खतराको विषयमा समाचार आउन थालेपछि धेरै मानिसहरुले यसबारेमा आफन्त र साथीभाईहरुसँग कुराकानी गरे। यसको शिकार एसेक्समा बस्दै आएको डेनियल बेकर पनि बनिन्। उनले कोरोनाको विषयमा पाएको जानकारी आफ्नो म्यासेन्जर मार्फत साथीहरुलाई पठाइन्। किनभने, उनलाई आफूलो पाएको सबै समाचार सत्य हो भन्ने लागेको थियो।
डेनियल बेकर भन्छिन्, ‘सुरुमा यो मेरो लागि थोरै दुःखदायक थियो, किनकि यो म्यासेज मैले एक अपरिचित महिला मार्फत पाएकी थिएँ। त्यसपछि मैले त्यसलाई फैलाएँ।’ सो म्यासेज पठाउँदा उनलाई केही राम्रो काम गरे जस्तो लागेको थियो। तर, पछि उनले पाएको जानकारी सरासर गलत अफवाह मात्र भएको पुष्टि भयो।
७. सेलिब्रेटी
प्रसिद्ध व्यक्तिहरूले गर्ने भ्रमपूर्ण दावीहरूले पनि कतिपय अवस्थामा भ्रम फैलाउन सहयोग गर्छ। ब्रिटिश ¥यापर तथा अभिनेता वुडी ह्यारेलसन जसलाई एमआईए भनेर चिनिन्छ। उनी समेत फाइभ–जी टेक्नोलोजी र कोरोना भाइरस काल्पनिक कथा प्रचार गर्ने मध्येका एक हुन्। हजारौं मानिसहरुले उनलाई सामाजिक सञ्जालमा फलो गरेका छन्। सोही कारण उनले फैलाएको गलत सूचनाले जनमानसमा भ्रम फैलन गयो।
रोयटर्स इन्स्टिच्युटले हालै गरेको एक अध्ययन अनुसार, सेलिब्रेटीहरूले इन्टरनेटमा गतल समाचार फैलाउन प्रमुख भूमिका खेल्ने गरेका छन्।
बीबीसी हिन्दीबाट