कोरोनाका कारण विश्वभर २ लाख ६५ हजार बढीको मृत्यु
काठमाडौं, वैशाख २५ : गत डिसेम्बरको अन्त्यबाट महामारीको रुपमा फैलिएको कोरोना महामारीका कारण विश्वभर २ लाख ६५ हजार ७६ जनाको मृत्यु भएको छ ।
३८....

काठमाडौं, वैशाख २५ : गत डिसेम्बरको अन्त्यबाट महामारीको रुपमा फैलिएको कोरोना महामारीका कारण विश्वभर २ लाख ६५ हजार ७६ जनाको मृत्यु भएको छ ।
३८ लाख २२ हजार ८ सय ६० जना संक्रमित मध्ये १३ लाख २ हजार ८ सय ९१ जना उपचारपछि निको भएका छन् । पछिल्लो तथ्यांक अनुसार कोरोनाका कारण अमेरिकामा ७४ हजार ९ सय ९९ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १२ लाख ६३ हजार नाघेको छ ।
इटालीमा २ लाख १४ हजार बढी संक्रमितमध्ये २९ हजार ६ सय ८४ जनाकोे मृत्यु भएको छ । स्पेनमा २ लाख ५३ हजार ६ सय ८२ कोेरोना संक्रमित मध्ये २५ हजार ८ सय ५७ जनाको मृत्यु भएको छ ।
बेलायतमा संक्रमितको संख्या २ लाख १ हजार नाघ्दा ३० हजार बढीको मृत्यु भएको छ । भारतमा पनि कोरोना संक्रमणको दर उच्च छ । ५२ हजार ९ सय ८७ जनामा संक्रमण देखिएको छ भने १ हजार ७ सय ८५ जनाको मत्यु भएको छ ।












