Kathmandu Press

लकडाउनकै समयमा खोल्न पाइन्छ यी ४४ प्रकारका उद्योग 

काठमाडौँ, बैशाख २५ : नेपाल सरकारले कोभिड १९ नियन्त्रणका लागि जारी लकडाउन पुनः जेठ ५ गतेसम्मका लागि लम्ब्याईसकेको छ ।

लकडाउन लम्बाउने निर्णय ....

लकडाउनकै समयमा खोल्न पाइन्छ यी ४४ प्रकारका उद्योग 

काठमाडौँ, बैशाख २५ : नेपाल सरकारले कोभिड १९ नियन्त्रणका लागि जारी लकडाउन पुनः जेठ ५ गतेसम्मका लागि लम्ब्याईसकेको छ ।

लकडाउन लम्बाउने निर्णय गरेको भएपनि विविध क्षेत्रहरुमा केहि खुकुलो बनाएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बुधबारको बैठकले सबै प्रकारका उद्योग खोल्ने, विकास निर्माणका आयोजनाको काम थाल्ने, निर्माण सामाग्रीको ढुवानीमा सहजता बनाउने जनाएको हो ।

यसैगरी अब सरकारी कार्यालयहरु पनि एक तिहाई कर्मचारीको उपस्थितिमा सरकारी कार्यालयहरु पनि खोलिने भएका छन् । यस्तै, बढीमा ५ जना कर्मचारी राखेर वर्कशप संचालन हुनेछन् भने राजमार्ग र सहायक राजमार्ग क्षेत्रमा स्थानीय प्रशासनको अनुमतिमा होटल रेष्टुरेन्ट खोल्न पाइने जनाएको छ ।

सरकारले सर्तसहित जनतालाई आवश्यक पर्ने ४४ प्रकारका उद्योग खोल्न दिने भएको छ जुन निम्नअनुसार रहेका छन् । 

१) खाद्यान्न उत्पादन वा प्रशोधनगर्ने उद्योगहरु
२) दुध तथा दुग्धप दार्थ उत्पादन उद्योग
३) औषधि, सर्जिकल उत्पादन, स्वास्थ्य उपकरण तथा सामग्री उत्पादन गर्ने उद्योगहरु
४) खाने पानी उत्पादन गर्ने उद्योगहरु
५) इँटा उद्योग
६) पशुपंक्षी तथा माछाको दाना र आहारा उत्पादन गर्ने उद्योग
७) खाने तेल तथा घ्यू उद्योग
८) चिनी उद्योग
९) चिया प्रशोधन उद्योग
१०) एलपीजी ग्याँस उद्योग
११) प्याकेजिङ्ग सामग्री उत्पादन गर्ने उद्योग
१२) कफि उद्योग
१३) पाउरोटी, बिस्कुट र कन्फेक्सनरी उद्योग
१४) नूडल्स तथा तयारी चाउचाउ उद्योग
१५) मसला उद्योग
१६) अलैंची र अदुवा प्रशोधन उद्योग
१७) कुखुरापालन, बाख्रापालन, बंगुरपालन, गाईवस्तु पालन उद्योग
१८) धान चामल र चिउरा उद्योग
१९) दाल उद्योग
२०) पशु औषधी र किटनासक औषधी सम्बन्धी उद्योग
२१) खानी तथा खनिजजन्य उद्योग
२२) बालुवा प्रशोधन तथा क्रसर उद्योग
२३) सिमेण्ट उद्योग
२४) आइरन तथा स्टिलउद्योग
२५) पेन्टिङ्गस (रंगरोगन) उद्योग
२६) जीआइ र प्लास्टिकपाईप र फिटिंग्स उद्योग
२७) बिजुलीका केबल तथा विद्युत्त सामग्रीहरु उत्पादन गर्ने उद्योग
२८) जुुस तथा हल्का पेयपदार्थ उद्योग
२९) प्लाइउड र भेनिर उद्योग
३०) विद्युत उत्पादन, विद्युत्त सामग्री, ट्रान्सफरमर तथा प्रशारणसँग सम्बन्धीत उद्योगहरु
३१) जस्ता पाता उद्योग
३२) हेभी मेशीनरी औजार मर्मत संभार
३३) खनिजजन्य उद्योग र खानीहरु (लाइमस्टोन, खरि, डोलोमाइट, रेडक्ले, फलाम लगायत)
३४) समिल र काष्ठ उद्योग
३५) आल्मुनियम उद्योग
३६) ग्रील उद्योग
३७) फोहोर मैला संकलन तथा प्रशोधन उद्योग
३८) ढुवानी तथा कार्गो सेवा उद्योग
३९) मेसिन पार्टपूर्जा वर्कसप उद्योग
४०) मोटर ग्यारेज वर्कसप उद्योग
४१) छापाखाना तथा प्रेस सम्बन्धी उद्योग
४२) सबै खाले वस्तु उत्पादन गर्ने लघु तथा घरेलु उद्योग
४३) विशेष आर्थिक क्षेत्रमा सञ्चालित सबैखाले उद्योग
४४) औद्योगिक क्षेत्रभित्र रहेका सबैखाले उद्योग

प्रकाशित मिति: ०८:१५ बजे, बिहीबार, वैशाख २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्