कोभिड–१९ बाट विश्वभर २ लाख ५८ हजार २७१ जनाको मृत्यु
काठमाडौं, वैशाख २४ : कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख ५८ हजार नाघेको छ ।
बुधबार बिहानसम्म को....

काठमाडौं, वैशाख २४ : कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख ५८ हजार नाघेको छ ।
बुधबार बिहानसम्म कोरोनाका कारण २ लाख ५८ हजार २७१ जनाको ज्यान गएको छ । सबैभन्दा धेरै अमेरिकामा ७२ हजार २७१ को कोरोना संक्रमणका कारण ज्यान गएको छ ।
बेलायतमा २९ हजार ४२७, इटलीमा २९ हजार ३१५, स्पेनमा २५ हजार ६१३, फ्रान्समा २५ हजार ५३१ जनाको कोरोनाका कारण ज्यान गुमाएका छन् । हालसम्म विश्वका २१५ देशमा फैलिएको कारोनाबाट ३७ लाख २५ हजार ७७५ जना संक्रमित भइसकेका छन् ।
१२ लाख ४१ हजार ६८७ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।
प्रकाशित मिति: ०७:११ बजे, बुधबार, वैशाख २४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












