अमेरिकामा कोरोना भाइरसबाट ७२ हजारभन्दा बढीको मृत्यु, १२ लाख संक्रमित
काठमाडौं, वैशाख २४ : ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा ७२ हजारभन्दा बढीको मृत्यु भएको छ ।
समाचार तयार पार्....

काठमाडौं, वैशाख २४ : ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा ७२ हजारभन्दा बढीको मृत्यु भएको छ ।
समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप २ हजार ३०१ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ७२ हजार २२२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा त्यहाँ २४ हजार २५ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १२ लाख ३६ हजार ८८० पुगेको छ ।
अमेरिकामा संक्रमितमध्ये १ लाख ९९ हजार ६८४ जना उपचारपछि निको भएका छन् ।
प्रकाशित मिति: ०६:४७ बजे, बुधबार, वैशाख २४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार