काठाडौंको मखनटोलीमा भीषण आगलागी नियन्त्रणमा, एक जनाको मृत्यु [तस्बिरहरू]
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र महानगर प्रहरी तथा स्थानीयको सहयोगमा आगो करिब ३ घण्टापछि नियन्त्रणामा आएकाे हाे।![काठाडौंको मखनटोलीमा भीषण आगलागी नियन्त्रणमा, एक जनाको मृत्यु [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/cover-1747195528.jpg)
काठमाडौं, वैशाख ३१ : काठमाडौं महानगरपालिका–२४, मखनटोलस्थित महादेव चोकमा बुधबार बिहानै भीषण आगलागी निन्त्रणामा आएकाे छ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र महानगर प्रहरी तथा स्थानीयको सहयोगमा आगो करिब ३ घण्टापछि नियन्त्रणामा आएकाे हाे।
साे आगलागीमा परी एक जनाको मृत्यु भएको छ। आगलागीमा परी मृत्यु हुने महिलाको सनाखत हुन बाँकी छ।
दयाराम श्रेष्ठको ४ तले घरबाट आगो सल्किएको थियो। माटो र काठले बनेको कच्ची घरको तेस्रो तल्लामा ग्याँस लिक भई आगलागी सुरु भएको प्रहरीले जनाएको छ।
आगो सँगै रहेको रुकेश श्रेष्ठको पाँचतले घरमा पनि सल्किएकाे थियाे।
।
प्रकाशित मिति: ०९:४६ बजे, बुधबार, वैशाख ३१, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार