Kathmandu Press

कोरोनाभाइरसबाट नाइजरका श्रममन्त्रीको निधन

नियामे, वैशाख २३ : कोरोनाभाइरसका कारण अफ्रिकी मुलुक नाइजरका श्रम तथा रोजगार मन्त्री मोहमद बेन ओमारको निधन भएको छ। 

सत्तारुढ सोसल डेमोक्....

कोरोनाभाइरसबाट नाइजरका श्रममन्त्रीको निधन

नियामे, वैशाख २३ : कोरोनाभाइरसका कारण अफ्रिकी मुलुक नाइजरका श्रम तथा रोजगार मन्त्री मोहमद बेन ओमारको निधन भएको छ। 

सत्तारुढ सोसल डेमोक्रर्याटिक पार्टी (पिएसडी)ले राजधानी नियामेमा उपचारकै क्रममा ५५ वर्षीय बेन ओमारको आइतबार निधन भएको जनाएको छ। 

मन्त्री बेन ओमारको निधन भएको समाचार प्रशारण गर्नुअघि टेलिभिजनले मन्त्री बेन ओमारले कोरोनाभाइरसका बारेमा व्यक्त गरेका सन्देशहरु प्रशारण गरेको थियो। सन्देशमा मन्त्री ओमारले कोरोनाभाइरस निकै खतरनाक र घातक रहेको तथा यो प्रकाशको गतिमा तिब्र रुपमा फैलिने स्वभावको रहेको बताएका थिए।

नाइजरका राष्ट्रपति मोहमदु इसोफुले बेन ओमारको निधनबाट आफू अत्यन्त दुखित भएको बताएका छन्।

नाइजरमा हालसम्म ७५५ जनामा कोराना संक्रमण हुनुका साथै ३७ जनाको मृत्यु भएको छ। नाइजरमा हाल आपतकालीन स्थितिको घोषणा गर्नुका साथै यसका सीमा, धार्मिक स्थल तथा विद्यालयहरु सबै बन्द गरिएका छन्। साथै राजधानी नियामेलाई देशका अन्य भागबाट अलग्याइएको छ।

प्रकाशित मिति: १८:०५ बजे, मंगलबार, वैशाख २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्