Kathmandu Press

जुनमा ला लिगा सुरु गर्ने तयारी

काठमाडौं, वैशाख २३ : कोरोना भाइरसका कारण स्थगित भएको स्पेनिस ला लिगा जुनमा सुरु गर्ने तयारी गरिएको छ। कोरोनाका कारण अनिश्चितकालका लागि रोकिएको स्....

जुनमा ला लिगा सुरु गर्ने तयारी

काठमाडौं, वैशाख २३ : कोरोना भाइरसका कारण स्थगित भएको स्पेनिस ला लिगा जुनमा सुरु गर्ने तयारी गरिएको छ। कोरोनाका कारण अनिश्चितकालका लागि रोकिएको स्पेनका दुवै डिभिजन जुनमा सुरु गर्ने तयारी भइरहेको ला लिगाले जनाएको छ। 

सरकारी नियमको पालना गर्दै लिग चार साता सक्ने गरी योजना बनाइरहेको ला लिगाले जनाएको छ। ला लिगा जुनमा गर्ने तयारी स्वरुप स्पेनमा क्लबहरूलाई यसै साताबाट ट्रेनिङका लागि अनुमति दिइएको छ। ट्रेनिङमा क्लबहरुले सरकारी नियमको पालना गर्नुपर्ने छ।

स्पेनिस सरकारले ट्रेनिङ सुरु गर्नुअघि खेलाडीलगायत सम्पूर्ण स्टाफको अनिर्वाय स्वास्थ्य परीक्षण गर्न भनेको छ। खेलाडीहरुले सुरुमा एक्ला एक्लै ट्रेनिङ गर्नुपर्ने छ र लिग सुरु हुनुभन्दा केही दिन अघिमात्र उनीहरुले सामूह अभ्यास गर्न पाउने ला लिगाले जनाएको छ। 

कोरोना भाइरसको महामारीले लिग रोकिनुअघि २७ चरणका खेल सकिएका थिए। ला लिगाका अब १२ चरणका खेल बाँकी छन्। ला लिगामा ५८ अंकका साथ डिफेन्डिङ च्याम्पियन बार्सिलोना शीर्ष स्थानमा छ भने ५६ अंक जोेडेको रियल मड्रिड दोस्रो र ४७ अंकका साथ सेभिया तेस्रो स्थानमा छ।

कोरोना भाइरसका कारण रोकिएको सिरि ए क्लबको ट्रेनिङ पनि यसै साताबाट सुरु भएको छ भने जर्मन बुन्डेस लिगाको ट्रेनिङ भने दुई साताअघि बाटै सुरु भएको छ। सिरि ए कहिले सुरु हुने भन्ने टुंगो लागेको छैन भने बुन्डेस लिगा १५ मेबाट सुरु गर्ने तयारी छ, तर सरकारले अनुमति भने दिइसकेको छैन।

यस्तै, इंग्लिस प्रिमियर लिगका केही क्लबले ट्रेनिङ सुरु गरेका छन्। इपिए न्युट्रल भेन्यूमा गर्ने तयारी भइरहेको छ। सम्भवत इपिएलका बाँकी खेल अस्ट्रेलियामा हुने छ। कोरोनाकै कारण फ्रेन्च लिग वान, नेदरल्यान्ड्सको डच लिग र बेल्जियमको लिग भने रद्द भइसकेका छन्।

प्रकाशित मिति: १६:१६ बजे, मंगलबार, वैशाख २३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्