Kathmandu Press

लकडाउनपछि पौने तीन अर्बको औषधि आयात

काठमाडौं, वैशाख २३ : लकडाउन शुरु भएपछिको ४० औं दिनमा  करीब पौने तीन अर्ब रुपैयाँ बराबरको तयारी औषधि आयात भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त....

लकडाउनपछि पौने तीन अर्बको औषधि आयात
प्रतिकात्मक तस्बिर

काठमाडौं, वैशाख २३ : लकडाउन शुरु भएपछिको ४० औं दिनमा  करीब पौने तीन अर्ब रुपैयाँ बराबरको तयारी औषधि आयात भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकानुसार बन्दाबन्दीपछि हालसम्म एक अर्ब ६९ करोड ५४ लाख ४८ हजार बराबरको तयारी औषधि र ३४ करोड १९ लाख ७८ हजार रुपैयाँ बराबरको औषधिको कच्चा पदार्थ आयात भएको छ।

मन्त्रालयको तथ्यांकानुसार एक लाख २३ हजार ६२७ मेट्रिक टन खाद्यान्न, ३५ हजार १३१ मेट्रिक टन दलहन, ५२ हजार ४७९ मेट्रिक टन तरकारी, १६ हजार ८६२ मेट्रिक टन फलफूल र  ११ हजार ५९ मेट्रिक टन दुग्धजन्य पदार्थको आयात भएको छ।

लकडाउनपछि खाद्य पदार्थको आयात बढेको छ। पहिलो हप्ताको तुलनामा पाँचौँ हप्तामा खाद्यान्नमा एक सय ३६ प्रतिशत र दलहन तथा गेडागुडीको आयातमा ८५ प्रतिशतले वृद्धि भएको छ। यसैगरी तरकारी र फलफूलको आयात क्रमशः ३९ र ३१६ प्रतिशतले वृद्धि भएको छ। यही अवधिमा औषधिको कच्चा पदार्थको आयात ११८ र तयारी औषधिमा ५१ प्रतिशतले वृद्धि भएको छ।

भारतको पश्चिम बंगाल सरकारले आफ्ना सबै नाका बन्द गरेका कारण गत चैत २७ गतेपछि झापाको काँकडभिट्टा नाकाबाट सामान आयातनिर्यात ठप्प भएको छ।

प्रकाशित मिति: १२:३४ बजे, मंगलबार, वैशाख २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्