Kathmandu Press

‘युद्धका बादलहरु मडारिरहेका बेला बुुद्धिज्म र शान्ति आवश्यक छ’

नेपाल र चीनको सम्बन्ध कुटनीतिक, आर्थिक, राजनीतिक मात्रै नभई इतिहास र संस्कृतिको निर्माणसँग जोडिएको भन्दै त्यसो भएर यी चिजहरुलाई बुुझेर अगाडि बढाउनुु पर्ने पनि उनको भनाई छ।
‘युद्धका बादलहरु मडारिरहेका बेला बुुद्धिज्म र शान्ति आवश्यक छ’

काठमाडौं, वैशाख १३ : प्रधानमन्त्री केपी ओलीले वर्तमान समयमा बुुद्धिज्म र शान्ति आजको आवश्यकता भएको बताएका छन्।

लुम्बिनीमा आयोजित चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले दुुनियाँमा युद्धका बादलहरु मडारिरहेको भन्दै आजको बढी आवश्यकता बुुद्धिज्म भएको बताए।

Hardik ivf

‘बुुद्धिज्म आजको झन बढी आवश्यकता हो, शान्ति झन बढी आवश्यकता हो। किनभने दुुनियाँमा युद्धका बादलहरु मडारिरहेका छन्,’ उनले भने, ‘दुनियाँ कहीँ युद्धतिर त जाँदैन, युद्ध गर्नका लागि पर्याप्त सैन्यशक्ति र सैन्यशक्तिलाई परिचालन गर्नका लागि जल, थल र आकाश सबै ठाउँबाट प्रहार गर्न सकिने, सबै ठाउँमा युद्ध गर्न सकिने खतरनाक हतियारहरुको निर्माण भएको छ।’

युद्धबाट युद्ध, युुद्धमाथि युद्ध थोपरिएर, हिंसामाथि हिंसा थोपरिएर अझ ठूलो हिंसा थोपरिएर हिंसा र विनाश थोपरिने भन्दै युुद्धले शान्ति स्थापना गर्न नसक्ने बताए।

‘विश्व शान्तिका लागि एउटा चुनौती हो। यसलाई रोक्ने कुरा, म भन्न चाहन्छुु, हतियारले, युुद्धले शान्ति स्थापना गर्न सक्दैन। युद्धबाट युद्ध, युुद्धमाथि युद्ध थोपरिएर, हिंसामाथि हिंसा थोपरिएर अझ ठूलो हिंसा थोपरिएर हिंसा र विनाश थोपरिने हो, शान्तिको सम्भावना हुँदैन,’ उनले भने, ‘त्यसकारण विश्वभरिका सचेत र शान्तिप्रिय मानिसहरुको शान्तिका निम्तिको आकांक्षा र संयुक्त आवाज नै विश्व शान्तिको स्थापना र  त्यसलाई कायम राख्ने कुराको सबैभन्दा भरपर्दो आधार हो । त्यसैकारण यसमा बुद्धका शिक्षाहरु, शान्तिका शिक्षाहरु आज यसकारण झन् बढी महत्वका रहेका छन्।’

नेपाल र चीनको सम्बन्ध कुटनीतिक, आर्थिक, राजनीतिक मात्रै नभई इतिहास र संस्कृतिको निर्माणसँग जोडिएको भन्दै त्यसो भएर यी चिजहरुलाई बुुझेर अगाडि बढाउनुु पर्ने पनि उनको भनाई छ।

‘नेपाल र चीनको सम्बन्ध कुटनीतिक, आर्थिक, राजनीतिक मात्रै होइन, यसमा भावनात्मक, मानवीय, परस्परमा सहयोग गर्ने सहयोगी छ। अहिले कुटनीतिक सम्बन्ध रहेपछि मात्रै होइन, इतिहासदेखि रहंदै आएको छ। हाम्रा दुुई छिमेकीहरुसँगको हाम्रो सम्बन्ध कुटनीतिभन्दा पुरानो छ,’ उनले भने, विभिन्न राज्यहरुको निर्माण, आजका सीमानाहरुभन्दा पुुरानो छ। संस्कृतिको निर्माणसँग जोडिएको छ। त्यसो भएर हामीले यी चिजहरुलाई बुुझेर अगाडि बढाउनुु पर्दछ।’

 

प्रकाशित मिति: १८:०५ बजे, शनिबार, वैशाख १३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्