Kathmandu Press

युभेन्ट्सले खेलाडीलाई ट्रेनिङका लागि बोलायो 

काठमाडौं, वैशाख २२ : इटालियन सिरि ए क्लब युभेन्ट्सले आफ्ना खेलाडीलाई ट्रेनिङका लागि बोलाएको छ। इटाली सरकारले सोमबारबाट क्लबहरूलाई ट्रेनिङका लागि अनुमत....

युभेन्ट्सले खेलाडीलाई ट्रेनिङका लागि बोलायो 

काठमाडौं, वैशाख २२ : इटालियन सिरि ए क्लब युभेन्ट्सले आफ्ना खेलाडीलाई ट्रेनिङका लागि बोलाएको छ। इटाली सरकारले सोमबारबाट क्लबहरूलाई ट्रेनिङका लागि अनुमति दिएपछि युभेन्ट्सले विदेशमा रहेका आफ्ना खेलाडीलाई ट्रेनिङका लागि बोलाएको हो।

कोरोना भाइरसका कारण सिरि ए अनिश्चितकालका लागि स्थगित भएपछि युभेन्ट्सका धेरै खेलाडी आफ्नो देश फर्किएका छन्। क्रिस्टियानो रोनाल्डो, गोन्जालो हिगुएन, सामी खडिरा, डग्लस कोस्टा, मिरालेम पियानिचलगायत खेलाडी अहिले आ–आफ्नो देशमा छन्। 

सरकारले अनुमति दिएसँगै युभेन्ट्सले आगामी साताबाट ट्रेनिङ सुरु गर्ने तयारी गरेको छ। विदेशमा रहेका खेलाडीहरु इटाली फर्किएपछि २ साता क्वारेन्टाइनमा बसेपछि मात्र ट्रेनिङमा सहभागी हुने छन्। 

इटाली फर्कने तयारीमा रहेका रोनाल्डो आफ्नो निजी विमान पोर्चुगल आउन ढिलाभएपछि पोर्चुगलमै रोकिएका छन्। स्पेन सरकारले जहाज उडानमा रोक लगाएका कारण रोनाल्डोको जहाल पोर्चुगल आउन ढिला भएको हो। स्पेन सरकारले प्रक्रिया पु¥याएर उडाउन अनुमति दिएपछि रोनाल्डोको जहाज भर्खरै पोर्चुगलमा पुगेको छ। 

नापोली, रोमा, इन्टर मिलान, सस्सुओलोले भने ट्रेनिङ सुरु गरिसकेका छन्। कोरोना भाइरसका कारण अनिश्चितकालका लागि स्थगित सिरि ए सुरु हुने–नहुने टुंगो भने अझै लागेको छैन।

प्रकाशित मिति: १३:२५ बजे, सोमबार, वैशाख २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्