कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ५० हजार नजिक
काठमाडौं, वैशाख २२ : कोरोना भाइरस महामारीका कारण विश्वभर २ लाख ४८ हजार २ सय ५६ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी संक्रमितको संख्या ३५ लाख ....

काठमाडौं, वैशाख २२ : कोरोना भाइरस महामारीका कारण विश्वभर २ लाख ४८ हजार २ सय ५६ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी संक्रमितको संख्या ३५ लाख ६५ हजार २ सय २५ जना रहेका छन् ।
सबैभन्दा बढी अमेरिकामा ६८ हजार ५ सय ९८ जनाको संक्रमणका कारण मृत्यु भएको छ । त्यहाँ संक्रमण हुनेको संख्या ११ लाख ८८ हजार १ सय २२ पुगेको छ । पछिल्लो केही दिनमा कोरोना संक्रमण उच्चदरमा बढेको रसियामा २४ घण्टाको अवधिमा १० हजार ६ सय ३३ जनामा संक्रमण भेटिएको छ ।
कुल १ लाख ३४ हजार ६ सय ८६ जनामा संक्रमण भेटीएको हो । रसियामा मृत्यु हुनेको संख्या १० हजार ६ सय ३३ जना पुगेको हो । संक्रमणका आधारमा रसियामा मृत्युदर कम रहेको बीबीसीले उल्लेख गरेको छ ।
फ्रान्स, इटाली , स्पेनमा पछिल्लो केही दिनमा मृत्युदरमा कमि आइरहेको छ ।












