दिल्लीमा विवाहमा ५० र मृत्यु संस्कारमा २० जना मात्र सहभागी हुन आग्रह
काठमाडौं, वैशाख २२ : दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले वैवाहिक समारोहमा ५० र मृत्यपछि अन्तिम संस्कारका लागि २० जना मात्र सहभागी हुन दिल्लीवासील....

काठमाडौं, वैशाख २२ : दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले वैवाहिक समारोहमा ५० र मृत्यपछि अन्तिम संस्कारका लागि २० जना मात्र सहभागी हुन दिल्लीवासीलाई आग्रह गरेका छन् ।
“कोरोना भाइरसका कारण भएको बन्दाबन्दीका समय अवउप्रान्त हुने वैवाहिक समारोहमा ५० र अन्तिम संस्कारका लागि २० व्यक्तिभन्दा बढी सहभागी हुन निषेध गरिएको छ,” मुख्यमन्त्री केजरीवालले भिडियो सम्मेलन मार्फत बताए ।
उनले थपे, “त्यसवेला राष्ट्र कोभिड–१९ को सामना गर्न तयारी अवस्थामा थिएन । हामीलाई सामाजिक दूरी राख्ने र सङ्क्रमण नियन्त्रण गर्ने उपायबारे अनभिज्ञ थियौँ । हामीसँग व्यक्तिगत सुरक्षा सामग्री वा परीक्षण सामग्री पनि थिएनन् ।”
उनले सार्वजनिक स्थलहरूमा थुक्ने व्यक्तिविरूद्ध पनि सरकारले कडा कारबाही गर्नेछ, उनले थपे ।












