ठूला होटल ६ महिनालाई बन्द, कर्मचारीलाई १२.५ प्रतिशत मात्रै तलब
काठमाडौं, वैशाख २२ : ठूला होटलहरु पूर्णरूपमा ६ महिनाको लागि बन्द हुने भएका छन् । नेपाल होटल संघको आइतबार बसेको बैठकले तारे होटल ६ महिना बन्द गर्ने निर....

काठमाडौं, वैशाख २२ : ठूला होटलहरु पूर्णरूपमा ६ महिनाको लागि बन्द हुने भएका छन् । नेपाल होटल संघको आइतबार बसेको बैठकले तारे होटल ६ महिना बन्द गर्ने निर्णय गरेको हो ।
उद्योगी व्यवसायीले लकडाउनको अवधिमा पनि कर्मचारीलाई पूर्णरूपमा तलब दिनुपर्ने निर्णय सरकारले गरेपछि होटल व्यवसायीले असोज मसान्तसम्म सबै होटल बन्द गर्ने निर्णय गरेका हुन् ।
होटल संघको अध्यक्ष सृजना राणाको अध्यक्षतामा बसेको बैठकले कर्मचारीलाई ६ महिनासम्म तलबको रूपमा आधारभूत तलबको १२.५ प्रतिशतका दरले हुन आउने रकम मात्रै दिने र त्यस्तो तलब लिन नमान्ने कर्मचारीलाई रोजगारीबाट हटाउने समेत निर्णय गरेको छ ।
प्रकाशित मिति: ०६:५६ बजे, सोमबार, वैशाख २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
