Kathmandu Press

किक्रेटर सामी भन्छन्, ‘तीन पटक आत्महत्या प्रयास गरेँ’

काठमाडौं, वैशाख २१ : भारतीय फास्ट बलर मोहम्मद सामीले तीन पटक आत्महत्या प्रयास गरेको बताएका छन्। सामीले आफ्ना सहकर्मी रोहित शर्मासँग इन्स्टाग्राममा लाइ....

किक्रेटर सामी भन्छन्, ‘तीन पटक आत्महत्या प्रयास गरेँ’
एजेन्सी

काठमाडौं, वैशाख २१ : भारतीय फास्ट बलर मोहम्मद सामीले तीन पटक आत्महत्या प्रयास गरेको बताएका छन्। सामीले आफ्ना सहकर्मी रोहित शर्मासँग इन्स्टाग्राममा लाइभ कुराकानी गर्दै जीवनबाट हार खाएर तीन पटक आत्महत्या प्रयास गरेको बताएका हुन्।

सन् २०१८ मा पत्नी हसिनाले घरेलु हिंसाको आरोप लगाउँदै सामीविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन्। सोही तनावका कारण आफूले आत्महत्या प्रयास गरेको उनले बताएका छन्। सामीले रोहितसँगको कुराकानीमा सन् २०१८ जीवनकै कहालीलाग्दो दिन भएको खुलाएका हुन्।

‘त्यतिवेला मेरो जिन्दगी तनावपूर्ण थियो, त्यो जीवनको सबैभन्दा कालो क्षण हो। मैले जिन्दगीबाट हरेस खाइसकेको थिएँ,’ सामीले भनेका छन्, ‘म जीवनदेखि हारिसकेको थिएँ, त्यसैले तीन पटकसम्म आत्महत्या प्रयास गरेँ।’

त्यसबीच क्रिकेटबारे आफूले कहिल्यै नसोचेको उनले बताएका छन्। आफूलाई त्यो अवस्थाबाट बाहिर ल्याउन परिवारले ठूलो सहयोग गरेको उनको भनाइ छ।

आफ्ना कारणले परिवारसमेत चिन्तिएको उनले बताए। ‘मैले कुनै गतल क्रियाकलाप गर्छु भनेर परिवारजन चिन्तित थिए। केही भएको छैन, तिमी पूरानै अवस्थामा फर्कनुपर्छ भन्दै आत्मवल दिइरहनु भयो,’ सामीले रोहितसँग भने, ‘त्यसबीच तीन÷चार जना साथीहरू २४सै घन्टा मसँगै हुन्थे। उनीहरूले मलाई धेरै सहयोग गरे। सायद उनीहरु हुदैन्थे भने मैले केही नराम्रो कदम उठाइरहेको हुन्थेँ होला।’

भर्खरै १८ महिना लामो चोटबाट फर्किए लगत्तै त्यस्तो घटना भएकाले पनि आफू निराश बनेको सामीले बताएका छन्। सन् २०१५ को एकदिवसीय विश्वकपकै क्रममा घुँडामा चोट लागेपछि उनी १८ मैदान मैदान बाहिर रहेका थिए।

 

प्रकाशित मिति: १४:०७ बजे, आइतबार, वैशाख २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्