Kathmandu Press

उत्तर र दक्षिण कोरियाको सीमानामा गोली हानाहान

काठमाडौं, वैशाख २१ : उत्तर कोरिया र दक्षिण कोरियाको सीमानामा दुई पक्षबीच गोली हानाहान भएको छ। आक्रमणबाट दक्षिण कोरियामा मानवीय क्षति नभएको बताइएको छ।<....

उत्तर र दक्षिण कोरियाको सीमानामा गोली हानाहान

काठमाडौं, वैशाख २१ : उत्तर कोरिया र दक्षिण कोरियाको सीमानामा दुई पक्षबीच गोली हानाहान भएको छ। आक्रमणबाट दक्षिण कोरियामा मानवीय क्षति नभएको बताइएको छ।

दक्षिण कोरियाली सेनाका अनुसार, उत्तर कोरियाले आइतबार चेओरवोनमा रहेको सीमाक्षेत्रको दक्षिण कोरियाली सुरक्षा चौकीमा गोली प्रहार गरेको बीबीसीले जनाएको छ। दक्षिण कोरियाले दोहोरो फायरिङमा आफ्नो सेनातर्फ कुनै नभएको जनाएको छ।

जवाफमा दक्षिण कोरियाले पनि दुई राउन्ड फायरिङ गरेको थियो। अहिलेसम्म उत्तर कोरियाले किन गोली प्रहार ग¥यो भन्ने खुलेको छैन। अधिकारीहरूले उत्तर कोरियाली सेनासँग सम्पर्क गरेर गोली प्रहारको कारणबारे बुझ्ने प्रयास गरिरहेको जनाएको छ।

पछिल्लो पाँच वर्ष यता उत्तर कोरियाले दक्षिण कोरियामाथि पहिलोपटक गोली प्रहार गरेको हो। पछिल्लो दुई वर्षयता उत्तर र दक्षिण कोरियाबीच सीमा क्षेत्रमा शान्ति स्थापनाको प्रयास हुँदै आएको थियो।

सन् २०१८ मा उत्तर कोरियाको प्योङ्गयोङमा भएको सम्मेलनमा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाई इनबीच भएको सम्झौतामा सीमाक्षेत्रमा सैन्य तनाव कम गर्दै लैजाने उल्लेख गरिएको थियो।

उत्तर कोरियाली नेता किम जोन उन लामो समयपछि सार्वजनिक रूपमा देखिएको एक दिनपछि नै उत्तर कोरियाले दक्षिण कोरियामा गोली प्रहार गरेको हो।

 

प्रकाशित मिति: १३:११ बजे, आइतबार, वैशाख २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्