Kathmandu Press

किम स्वस्थ रहेकोमा अमेरिकी राष्ट्रपति ट्रम्प खुसी 

काठमाडौं, वैशाख २१ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उन ‘जीवत र स्वस्थ’ रहेको पुष्टि गरेका छन् ।

किम स्वस्थ रहेकोमा अमेरिकी राष्ट्रपति ट्रम्प खुसी 
Hardik ivf

काठमाडौं, वैशाख २१ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उन ‘जीवत र स्वस्थ’ रहेको पुष्टि गरेका छन् ।

उत्तर कोरियाली राष्ट्रिय मिडियाले जारी गरेको सुचोन फोस्फटिक फर्टिलाइजर फ्याक्ट्रीमा रिबन काटेको किमको तस्विर ट्रम्पले रिट्वीट गरेका हुन् । उनले लेखेका छन्, ‘उनी फर्किएकोमा र स्वस्थ रहेकोमा हर्षित छु’ उनले लेखेका छन् ।

तीन हप्तासम्म सार्वजनिक कार्यक्रममा नदेखिएपछि किमको स्वास्थ्य अवस्थाबारे विभिन्न अनुमानहरु गरिएका थिए । ट्रम्पले उक्त फोटो ट्वीट गरेपछि सीएनएनले ह्वाइट हाउससँग ‘राष्ट्रपति ट्रम्पले उक्त फोटो वास्तविक भएको प्रमाणित गरेका हुन् रु’ भनेर प्रश्न गरेको थियो । 

प्रकाशित मिति: ०८:२३ बजे, आइतबार, वैशाख २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्