Kathmandu Press

स्वास्थ्य सचिव नियुक्ति विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश 

स्वास्थ्य सचिव नियुक्ति विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश 

काठमाडौं, चैत २० : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा।संगीता कौशल मिश्राले स्पास्थ्य सचिव नियुक्तिमा बैधताको प्रश्न उठाउँदै दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेको छ। 

उनले दिएको रिटमा अग्राधिकार मात्र दिएको छ।

बुधबार भएको सुनुवाईपछि सर्वोच्चले अन्तरिम आदेश जारी गर्नु नपर्ने आदेश दिँदै मुद्दालाई छिटो टुंगोमा पुर्याउन अग्राधिकार प्रदान गरेको हो।

सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा सुनुवाई भएको थियो।

सर्वोच्चको आदेशले स्वास्थ्यका अर्का अतिरिक्त सचिव डा.विकास देवकोटालाई स्वास्थ्य सचिवमा नियुक्त गर्ने निर्णयलाई बल पुगेको छ। 

गत फागुन २१ गते बसेको मन्त्रिपरिषद बैठकले अतिरिक्त सचिव डा।देवकोटालाई सचिवमा बढुवाको निर्णय भएको थियो। वरिष्ठता मिचेर स्वास्थ्य सचिव नियुक्त गरिएको प्रश्न उठाउँदै डा.मिश्राले गत चैत १ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन्।

सर्वोच्चले यसअघि सरकारका नाममा कारण देखाऊ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलका लागि झिकाएको थियो।

त्यसपछि चैत ८ गते भएको सुनुवाइमा  सरकारसँग स्वास्थ्य सचिव नियुक्ति प्रक्रियाको फाइल मगाउने आदेश दिएको थियो।

 

प्रकाशित मिति: १९:३४ बजे, बुधबार, चैत २०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्