Kathmandu Press

माओवादीले फेरि सुरू गर्‍यो तराई-मधेस जागरण अभियान

अध्यक्ष प्रचण्डले जनयुद्धका क्रममा केन्द्रीय आधार इलाकाको भूमिका निर्वाह गरेको लुम्बिनीले सबैभन्दा धेरै बलिदान गरेको र त्यसमा महिला क्रान्तिकारीहरूले त्याग बलिदानका कयौँ कृतिमान कायम गरेको बताए।
माओवादीले फेरि सुरू गर्‍यो तराई-मधेस जागरण अभियान

बाँके, चैत २० : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीले केही समय स्थगित गरेको जनतासँग माओवादी, तराई मधेस जागरण अभियान पुनः सुरू गरिएको बताएका छन्।

बाँकेको कोहलपुरमा आज अनेमसङ्घ क्रान्तिकारी लुम्बिनीको दोस्रो प्रदेश सम्मेलन उद्घाटन गर्दै उनले अभियान नवलपरासीबाट सुरू गर्नुपर्ने भए पनि महिलाको प्रदेश सम्मेलनसँगै लुम्बिनीबाट अभियान सुरू गरिएको जानकारी दिए।

Hardik ivf

अध्यक्ष प्रचण्डले जनयुद्धका क्रममा केन्द्रीय आधार इलाकाको भूमिका निर्वाह गरेको लुम्बिनीले सबैभन्दा धेरै बलिदान गरेको र त्यसमा महिला क्रान्तिकारीहरूले त्याग बलिदानका कयौँ कृतिमान कायम गरेको बताए।

अध्यक्ष ‘प्रचण्ड’ ले नेपाली महिलाले गरेको बलिदानीपूर्ण आन्दोलन नेपालमा मात्र नभई विश्व राजनीतिमै प्रेरणाको स्रोत बनेको बताए।

'हिजो जनयुद्धको बेलामा महिला सहभागिता बढाउन सकिएन भने क्रान्ति सफल हुँदैन भन्ने मान्यताका साथ महिला सहभागिता बढाइएको र नेतृत्वदायी भूमिकामा अघि बढाइएको थियो,' उनले भने, 'नेपाली महिलाले गरेको बलिदानीपूर्ण आन्दोलन नेपालमा मात्र होइन, संसारभरिका महिलाका लागि प्रेरणा र ऊर्जाको स्रोत बनेको छ।'

अध्यक्ष दाहालले हिजो क्रान्तिको नेतृत्व र रक्षा गर्ने महिलाले अब फेरि समाजवादी क्रान्तिको नेतृत्व गर्ने बेला आएको बताए।

उनले जनयुद्धको रापतापबाट महिला, जनजाति, किसान, मजदुर, दलित, मधेसी, मुस्लिमलगायत उत्पीडित वर्गको मुक्तिका लागि ऐतिहासिक सफलता प्राप्त गरे पछिल्ला आठ/दश वर्षमा पार्टीले आफ्नोक वर्ग र समुदायसँगको सम्बन्ध कायम राख्न केही कमजोरी गरेको बताए।

प्रकाशित मिति: १९:१२ बजे, बुधबार, चैत २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्