Kathmandu Press

मिश्र र राणासहित ४१ जनालाई अदालतले दियो ६ दिन थुना म्याद 

उनीहरुलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको थियो।
मिश्र र राणासहित ४१ जनालाई अदालतले दियो ६ दिन थुना म्याद 
फाइल तस्बिर।

काठमाडौं, चैत २० : राजावादीको हिंसात्मक आन्दोलनमा प्रर्दशन गरेको आरोपमा पक्राउ परेका राप्रपा नेता रविन्द्र र धवलसमशेर राणासहित ४१ जनालाई दोस्रो पटक म्याद थप भएको छ।

उनीहरुलाई पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको थियो।

उनीहरुलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको थियो।

अदालतले थप ६ दिन हिरासतमै राखेर अनुसन्धान गर्न म्याद थप भएको हो।

उनीहरुविरुद्ध आपराधिक उपद्रव र संगठित अपराधको आरोप लगाइएको छ।

गत आइतबार आइतबार पाँच दिनको म्याद थप भएको थियो। पाँच दिनको म्याद मंगलबार सकिएकाले उनीहरुलाई बुधबार दोस्रो पटक म्याद थप गर्न लगिएको हो।

 

प्रकाशित मिति: १९:०० बजे, बुधबार, चैत २०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्