Kathmandu Press

तीनकुने घटनामा मृत्यु भएका दुई जनाका परिवारलाई १० लाख दिने निर्णय

 काठमाडौंको तीनकुनेको घटनामा दुई जना मृतकको परिवारलाई सरकारले १० लाख दिने निर्णय गरेको छ।
तीनकुने घटनामा मृत्यु भएका दुई जनाका परिवारलाई १० लाख दिने निर्णय

काठमाडौं, चैत २० : काठमाडौंको तीनकुनेको घटनामा दुई जना मृतकको परिवारलाई सरकारले १० लाख दिने निर्णय गरेको छ।

तीन कुने घटनामा मारिएका सुरेश रजक र सबिन महर्जनको परिवारलाई १० लाख दिने निर्णय गरेको गृहमन्त्री रमेश लेखकको सचिवालयले जनाएको छ।

दुर्गा प्रसाईंको आह्वानमा काठमाडौंको तीनकुनेमा गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनमा रजकको जलेर मृत्यु भएको थियो भने महर्जनको प्रहरीको गोली लागेर मृत्यु भएको थियो।

तीनकुनेमा आगजनी भएको घरमा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक मृत फेला परेका थिए। उनको जलेर मृत्यु भएको पोस्टमर्टमले देखाएको छ।

प्रकाशित मिति: १८:४० बजे, बुधबार, चैत २०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्