Kathmandu Press

सडकमा शिक्षक [फोटो फिचर]

बुधबार दिउँसो विभिन्न स्थानबाट शिक्षकहरु माइतीघर मण्डलामा भेला भई बिजुलीबजारसम्म दबाबमूलक र्‍याली निकालेका हुन्। 
सडकमा शिक्षक [फोटो फिचर]

काठमाडौं, चैत २० : नेपाल शिक्षक महासंघको आव्हानमा देशभरका शिक्षकहरूले पुनः आन्दोलन सुरु गरेका छन्। 

बुधबार दिउँसो विभिन्न स्थानबाट शिक्षकहरु माइतीघर मण्डलामा भेला भई बिजुलीबजारसम्म दबाबमूलक र्‍याली निकालेका हुन्। 

गत माघ २० गतेदेखि आन्दोलनमा रहेको महासंघले आवधिक बढुवा हुनुपर्ने, शिक्षामा राजनीतिक हस्तक्षेप अन्त्य गर्नुपर्ने, निजामतीसरहको सेवा सुविधा दिइनुपर्ने, संवैधानिक शिक्षा आयोग व्यवस्था गरिनुपर्ने जस्ता माग राखेर काठमाडौं जाऔँ अभियान’ सहित आजदेखि अनिश्चितकालीन शैक्षिक आन्दोलन सुरु गरेको हो। 

भोलिबाट हरेक दिन बिहान ११ बजेदेखि ४ बजेसम्म माइतीघरदेखि बानेश्वर सडक खण्डमा प्रदर्शनको कार्यक्रम रहेको महासंघले जनाएको छ।

Photo-(25)-(5)-1743594746.jpg

Photo-(18)-(11)-1743594735.jpg

Photo-(22)-(5)-1743594745.jpg

Photo-(24)-(7)-1743594738.jpg

Photo-(19)-(11)-1743594733.jpg

Photo-(20)-(9)-1743594736.jpg

Photo-(21)-(15)-1743594737.jpg

Photo-(10)-(25)-1743594730.jpg

Photo-(12)-(17)-1743594730.jpg

प्रकाशित मिति: १८:०८ बजे, बुधबार, चैत २०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्