Kathmandu Press

‘नेपालको महिला आन्दोलन विश्वकै लागि प्रेरणाको स्रोत हो’

हिजो जनयुद्धको बेलामा महिला सहभागिता बढाउन सकिएन भने क्रान्ति सफल हुँदैन भन्ने मान्यताका साथ महिला सहभागिता बढाइएको र नेतृत्वदायी भूमिकामा अघि बढाइएको बताए। 
‘नेपालको महिला आन्दोलन विश्वकै लागि प्रेरणाको स्रोत हो’

बाँके, चैत २० : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाली महिलाले गरेको बलिदानीपूर्ण आन्दोलन नेपालमा मात्र नभई विश्व राजनीतिमै प्रेरणाको स्रोत बनेको बताएका छन्। 

बाँकेमा अनेमसंघ क्रान्तिकारी लुम्बिनीको दोस्रो प्रदेश सम्मेलन उद्घाटन गर्दै उनले  यस्तो धारणा राखेका हुन्। 

हिजो जनयुद्धको बेलामा महिला सहभागिता बढाउन सकिएन भने क्रान्ति सफल हुँदैन भन्ने मान्यताका साथ महिला सहभागिता बढाइएको र नेतृत्वदायी भूमिकामा अघि बढाइएको बताए। 

‘नेपाली महिलाले गरेको बलिदानीपूर्ण आन्दोलन नेपालमा मात्र होइन, संसारभरिका महिलाका लागि प्रेरणा र उर्जाको स्रोत बनेको छ,’ अध्यक्ष दाहालले भने।
 
जनमुक्ति सेनाको झण्डै ४० प्रतिशत संख्या महिला रहेको स्मरण गर्दै उनले महिला कमाण्डरले नेतृत्व गरेका सबै लडाई जितिने गरेको पनि स्मरण समेत गरे। उनले हिजो क्रान्तिको नेतृत्व र रक्षा गर्ने महिलाहरुले अब फेरि समाजवादी क्रान्तिको नेतृत्व गर्ने बेला आएको बताए। 

‘महिलाहरु चुलो चौकाबाट निस्केर बन्दुक बोकेर युद्ध मोर्चामा जान तयार नभएको भए आजको राजनीतिक परिवर्तन संभव थिएन र राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सभागिताको संवैधानिक सुनिश्चितता अझ धेरै टाढाको विषय हुने थियो,’ उनले भने। 
 

प्रकाशित मिति: १७:२५ बजे, बुधबार, चैत २०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्