Kathmandu Press

मृतक पत्रकार रजकको शव पोस्टमार्टमपछि परिवारलाई बुझाउने तयारी 

त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागका चिकित्सकका अनुसार रजकको जलेर मृत्यु भएको पुष्टि भएको छ।
मृतक पत्रकार रजकको शव पोस्टमार्टमपछि परिवारलाई बुझाउने तयारी 

काठमाडौं, चैत २० : काठमाडौंको तीनकुनेमा राजावादीले चैत १५ गते गरेको हिंसात्मक प्रदर्शनका क्रममा मारिएका पत्रकार सुरेश रजकको पोस्टमार्टम गरिएको छ। 

त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागका चिकित्सकका अनुसार रजकको जलेर मृत्यु भएको पुष्टि भएको छ।

रजकको शरीरमा गोली लागेको हल्लापछि एक्स–रे गर्न ढिलाइ भएको थियो । अहिले रजतको शव परिवारलाई बुझाउने तयारी भइरहेको छ। 

त्रिवि शिक्षण अस्पतालमा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् मनिष झाले सरकार आन्दोलनको क्रममा हुने सम्भावित जोखिमको बारेमा वायस रहेको बताए । उनले घटना स्थलमा हारगुहार गर्दा पनि प्रहरी प्रशासन र सरकारको पक्षबाट आवश्यक सहयोग नभएको पनि बताए। 

सुरेश रजकका दाजु दिनेश रजकले पनि भाग्ने ठाउँ हुँदा हुँदै पनि भाईको मृत्यु हुनु अझ पनि शंक्कास्पद रहेको बताए।  

Photo-(7)-(30)-1743593685.jpg

Photo-(8)-(23)-1743593685.jpg

प्रकाशित मिति: १७:२१ बजे, बुधबार, चैत २०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्