Kathmandu Press

शिक्षकहरूले फेरि थाले आन्दोलन

शिक्षकहरुले विगतका सबै सहमति सम्बोधन हुने गरी नयाँ विद्यालय शिक्षा ऐन जारी गर्न मागसहित प्रदर्शन गरिएको हो।
शिक्षकहरूले फेरि थाले आन्दोलन

काठमाडौं, चैत २० : नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आयोजनामा बुधबार काठमाडौंमा र्‍यालीसहित विरोध प्रदर्शन गरिएको छ । माइतीघरदेखि बिजुलीबजारसम्म प्रदर्शन गरिएको हो।

शिक्षकहरुले विगतका सबै सहमति सम्बोधन हुने गरी नयाँ विद्यालय शिक्षा ऐन जारी गर्न मागसहित प्रदर्शन गरिएको हो। आफ्नो माग पुरा गर्न सरकारले ढिलाइ गरेको भन्दै नाराबाजी समेत गरिएको छ। 

देशभरका शिक्षकहरूले अर्को चरणको आन्दोलन अन्तर्गत काठमाडौँ केन्द्रित आन्दोलन सुरु गरेका हुन्। अब हरेक दिन बिहान ११ बजेदेखि ४ बजेसम्म माइतीघर बानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शन गर्ने कार्यक्रम रहेको बताइएको छ। 

महासंघको अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संसद्मा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक यथाशीघ्र जारी गर्न मागसहित आन्दोलन थालिएको पत्रकार सम्मेलनमा अध्यक्ष बताएका थिए। 
 

प्रकाशित मिति: १६:५५ बजे, बुधबार, चैत २०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्